१५ आश्विन २०८१, मंगलवार
,
Latest
थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड, आर्सनल दुबै पराजित, सोल्जारको पद धरापमा



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनल दुबैले नराम्रो हार व्यहोरेका छन् ।

म्यान्चेस्टर युनाइटेड वाटफोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको छ भने लिभरपुलले आर्सनललाई ४–० गोल अन्तरले हरायो ।

यस सिजनको लिगमा ठीकै सुरुवात गरेको म्यान्चेस्टर युनाइटेड पछिल्ला केही खेलदेखि निरन्तर खस्केको छ । टिमले एकपछि अर्को पराजय व्यहोरेको छ । यो हारसँगै म्यान्चेस्टर लिगको अंक तालिकामा सातौं स्थानमा झरेको छ ।

युनाइटेडमाथि शुरु देखि नै दबाब बनाएर आक्रामक खेल खेलेको वाटफोर्टले पहिलो गोल २८ औं मिनेटमा गरेको थियो । टिमका लागि जोसुवा किङले गोल गरेका थिए । त्यसपछि पनि वाटफोर्ड रोकिएन ।

वाटफोर्डका लागि इस्माइला सारले ४४औं मिनेटमा गोल गरेका थिए भने खेलको अन्त्यतिर अतिरिक्त समयमा जोवा पेड्रो र इमानुएल डेनिसले एकएक गोल ठोके । युनाइटेडका लागि एक मात्र गोल डोनी भान बिकले ५०औं मिनेटमा गरेका थिए ।

निराश म्यान्चेस्टरका खेलाडी ह्यारी म्यागुएरले ६९ औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेका थिए ।

यो नतिजापछि पहिल्यै दबाबमा परेका म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्जारको पद धरापमा परेको छ । यसअघि नै सोल्जारको विकल्पमा केही नामहरु बजारमा आइसकेका थिए, अब यस पराजयले कुनै पनि बेला सोल्जार बर्खास्त हुन सक्ने अड्कलबाजी शुरु भएको छ ।

लिभरपुलको शानदार विजय
लिभरपुलले आफ्नो गृह मैदान एन्फिल्डमा आर्सनलमाथि गोलको बर्षा गरेको छ । रेड डेभिल्सले गनर्समाथि ४–० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलका लागि साडियो माने (३९), डिएगो जोटा (५२), मोहम्मद सलाह (७३) र टाकुमी मिनामिनो (७७) ले गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले १२ खेलबाट २५ अंक जोडेको छ र लिगको दोस्रो स्थानमा छ । समान १२ खेल खेलेको चेल्सीको २९ अंक छ ।

लेस्टरको पोस्टमा चेल्सीको तीन गोल
शनिबार नै भएको खेलमा लेस्टर सिटीमाथि चेल्सीले तीन गोल गरेको छ ।

लेस्टरको गृह मैदान किङ पावर स्टेडियममा भएको खेलमा शुरु देखि नै चेल्सीले लेस्टरमाथि दबाब बनाएको थियो ।

यो सिजन निकै फर्ममा रहेको चेल्सीका लागि एन्टोनियो रुडीगर र एन्गोलो कान्टेले पहिलो हाफमा सुन्दर दुई गोल गरेर टिमलाई २–० को अग्रता बनाएका थिए । रुडीगरले १४औं मिनेटमा हेड मार्फत गरेका थिए भने कान्टेले २८औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल सुन्दर रुपमा गोलमा परिणत भएको थियो ।

तेस्रो गोल ७१ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गरेका थिए । चेल्सीले प्रहार गरेका अरु दुई गोल अफसाइड घोषणा गरिएका थिए ।

लेस्टरका तर्फबाट केही राम्रा प्रहार भए पनि चेल्सीका गोलकिपरले सुन्दर बचाउ गरेका थिए ।

यो जितसँगै यस सिजनको लिगमा चेल्सी पहिलो स्थानमा कायमै छ । पछिल्लो अंक तालिकामा चेल्सीले १२ खेलबाट २९ अंक बनाएको छ भने एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ११ खेलबाट २३ अंक छ ।