१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

काठमाडौँमै पाएनन् प्रकाशमानले उम्मेदवार, देउवा समूह निर्विरोध

काठमाडौँमै पाएनन् प्रकाशमानले उम्मेदवार, देउवा समूह निर्विरोध
अ अ+ अ-

काडमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएका प्रदेश सभा निर्वाचन क्षेत्र स्तरिय निर्वाचनको परिणाम आउने क्रम जारी छ । कतिपय प्रदेश सभा क्षेत्रीय समितिमा भने अनौठो परिणाम प्राप्त भइरहेको छ । सबैभन्दा अनौठा त यो भएको छ कि पार्टी सभापतिको दाबी गरिरहेका कांग्रेस नेता प्रकाशमान सिंहको गढ मानिएको काठमाडौंमै कतिपय स्थानका लागि स्वयं प्रशाशमानले उम्मेदबार समेत पाएका छैनन् । अनी यहीँ अर्थात् काठमाडौँमा कतिपय प्रदेश सभा क्षेत्रीय समितिमा पार्टी सभापति शेर बहादुर देउवा समर्थितले क्लिन स्वीप गरिदिएका छन् । 

काठमाडौं संघीय निर्वाचन क्षेत्र नम्बर ९ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र ख मा सिंह समर्थितले उम्मेदवार नै नपाएको पाइएको छ । सिंहले उम्मेदवार नै नपाएपछि उठाउन सकेनन् । त्यसपछि देउवा समर्थित राजेन्द्र प्रसाद भट्टराईको प्यानल नै प्रदेश सभा समिति निर्विरोध निर्वाचित भएको छ । 

यस्तै सोही क्षेत्रको प्रदेश सभा क क्षेत्रीय समितिमा देउवा समर्थित मोहन बस्नेत अध्यक्षमा निर्वाचित भएका छन् । उनले सिंहका उम्मेदवार कुँवेर खड्कालाई १४ मत अन्तरले पराजित गरेका छन् । उता प्रकाशमानले काठमाडौँ ९ मा कुनै पनि हालतमा आफ्ना उमेदबारले निर्वाचन जित्नु्पर्ने भन्दै धाँधली समेत गर्न लगाएका थिए । तर उनका समर्थकहरुले नै यसो नगरौँ, हामीले सकिँदैन भनेपछि प्रकाशमान ब्याक भएका थिए । 

यसले काठमाडौंमा देउवा समर्थितलाई स्थान नै नदिने प्रकाशमानको सपना चकनाचुर बनाएको छ भने आफ्नो जिल्लामा यसरी धमाधम देउवा समर्थितले स्थान लिंदै गएपछि देउवसँग पार्टी सभापतिमा प्रतिस्पर्धा गर्छु भन्ने प्रकाशमानको धरातल थप कमजोर देखिएको छ ।

उसो त वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र पार्टी सभापति को हुने भनेर आपसी लडाई झन बढेको छ । शनिबार साँझ डा. शेखर कोइराला बाहेक सभापतिको आकांक्षी पौडेल, सिंह र महामन्त्री डा. सशांक कोइरालाबीच साझा उम्मेदवार तय गर्नेबारे भएको छलफल तनावपूर्ण बन्यो । पौडेल र सिंहबीच तँ ठूलो कि म ठूलो भन्ने अहंमता प्रकट गर्ने होडनै चलेपछि संस्थापन इतर पक्षका नेताहरु बिरक्तिएका सो समूहको एक भरपर्दाे सूचना स्रोतले बतायो ।  

यसले यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने कांग्रेसको १४औं महाधिवेशनमा देउवाले पहिलो चरणमै सभापति जित्ने सम्भावना बढाएको छ । यता काठमाडौँमै देउवा प्यानलका उम्मेदबारहरु आउने र उता पौडेल भनिएका कोइराला पक्षमा उम्मेदबार को बन्ने भन्ने तनाव बढ्दै गएपछि पनि देउवालाई सजिलो हुने देखिएको छ ।