१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान, शाहीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी

प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान, शाहीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी
अ अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । महासभा यही मङ्सिर ७ देखि ९ गतेसम्म चल्ने छ ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक थापासँगै महासभामा भाग लिन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि त्यसर्फ प्रस्थान गर्नुभएको छ । उहाँको अनुपस्थितिमा तेस्रो वरियताका एआईजी निरजबहादुर शाहीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।

उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभयो । इन्टरपोल सदस्य रहेको १९४ राष्ट्रका नेशनल सेन्ट्रल ब्यूरो प्रमुख तथा प्रतिनिधि सहभागी हुने उक्त महासभामा सदस्य राष्ट्रको वार्षिक प्रतिवेदन पेशसँगै इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन र नयाँ सदस्यताका लागि आवेदनसमेत हुने छ । 

सुरक्षा तथा अपराध नियन्त्रणका विषयमा महासभामा विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने जनाइएको छ । यसवर्ष महासभामा इन्टरपोल सदस्यताको लागि माइक्रोनेसियाले आवेदन गरेको छ । 

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरीकार्य तथा प्रविधि, बजेट, सङ्गठित अपराध, साइबर क्राइम, आतङ्कवाद, मानव बेचबिखन जस्ता अपराध नियन्त्रणलगायतका विविध विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दक्षिण कोरिया र बङ्गलादेशसँगसमेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक काम काजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।