१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

तीन महिनाको मुलुकको अर्थतन्त्रः वित्तीय सूचक सकारात्मक देखिएन

तीन महिनाको मुलुकको अर्थतन्त्रः वित्तीय सूचक सकारात्मक देखिएन
अ अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्ष  २०७८/७९ को पछिल्लो तीन महिना अवधिमा मुलुकको वित्तीय सूचक सकारात्मक देखिएको छैन् ।

पछिल्लो तीन महिनाको अवधिमा भुक्तानी सन्तुलन, रेमिटेन्स,निर्यात तथा आयातमा उल्लेख्य सुधार नभएको तथ्याङक सार्वजानिक भएको छ। यता,वैदेशिक व्यापार र निर्यातको आँकडा बढ्दा विप्रेषणमा कमी आएको छ । गत मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको मुलुकको वित्तिय प्रतिवेदनले मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक छैन् । राष्ट्र बैंकको तीन महिनाको वित्तिय प्रतिवेदन अनुसार समिक्षा अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब रुपैयाँ घाटामा देखिएको छ। गत साउन र भदौं महिनामा १ खर्ब ६ अर्ब रुपैयाँले मात्र घाटा थियो। एक महिनाको अवधिमा नै ४५ अर्ब रुपैयाँले घाटा बृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो। तीन महिनाको अवधिमा शोधानान्तर घाटा समेत चुलिएर ७६ अर्ब १४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकको अध्ययनले ३ महिनामा ४ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको देखाएको छ । यो परिमाण गत वर्षको सोही अवधिको तुलनामा ६३.७ प्रतिशतले बढी हो । कुल वस्तुको निर्यात १०९.५ प्रतिशतले वृद्धि भएर ६५ अर्ब ५ करोड पुगेको छ। यसमध्ये ६२ अर्ब ६८ करोड रुपैयाँको पुँजीगत आयात भएको हो। उपभोग्य वस्तुको एक खर्ब ७९ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ। पुँजी र उपभोग्य दुवै मिश्रित प्रकृतिका वस्तुको २ खर्ब ४५ अर्ब रुपैयाँको आयात भएको छ।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो । त्यस्तै, राष्ट्र बैंकका अनुसार ७.६ प्रतिशतले रेमिटेन्स घटेको छ । रेमिटेन्स आउने नेपालको स्रोत भने कै वैदेशिक रोजगारी हो। यसरी चालू आर्थिक वर्षको पहिलो त्रेमासिकमा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय पुँजीगत वस्तुको आयात पनि घट्न थालेको छ। समग्र आयात उच्च दरमा बढ्दा पुँजीगत आयात भने घट्न घट्दै गएको हो । तीन महिनाको अवधिमा पुँजीगत वस्तुको आयात १३.१ प्रतिशतबाट घटेर ११ प्रतिशतमा आइपुगेको छ।

त्यस्तै, असोज महिनामा उपभोक्ता मूल्य वृद्धि ४.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्य वृद्धि ३.७९ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्र बैंकले १ खर्ब १९ अर्ब ३५ करोड रुपैयाँ पुनरकर्जा दिएको छ ।

राष्ट्र बैंकले १ लाख २९ हजार ६ सय ८० ऋणीलाई सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा दिएको हो।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५३ हजार ७ सय ८५ ऋणीलाई प्रवाह भएको १ खर्ब २६ अर्ब ८१ करोड कर्जा रहेको छ ।

महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ७८ महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ३२ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय १७ ऋणीको ३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।

आर्थिक वर्षको तीन महिनामा ६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा १००८ अर्ब १७ करोड तरलता प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी १४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।

त्यस्तै,तीन महिनाको अवधिमा घरजग्गा तथा आवासीय क्षेत्रमा २८ अर्ब २० करोड ६४ लाख रुपैयाँले कर्जा प्रवाह भएको छ ।

जसमा तीन महिनाको अवधिमा १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ १ करोड ५० लाखसम्म व्यक्तिगत घर ऋण लिने र १६ अर्ब २ करोड ३४ लाख रुपैयाँ रियल स्टेटमा कर्जा प्रवाह बैंकहरुले गरेका छन्।

गत वर्ष सोही अवधिमा बैंकहरुले ९ अर्ब २८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यसरी गत वर्षको तुलनामा साही अवधिमा घरजग्गा तथा आवासीय क्षेत्रमा १२.८ प्रतिशतले बढी कर्जा प्रवाह भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख रहेको छ।

बैंकले घरजग्गा तथा आवायीय क्षेत्रमा ५ खर्ब १० अर्ब ८ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसमा व्यक्तिगत आवासीय घर कर्जातर्फ ३ खर्ब १० अर्ब ४४ करोड ३७ लाख र रियल स्टेट ऋणतर्फ १ खर्ब ९९ अर्ब ६४ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

साउनदेखि असोज मसान्तसम्ममा १ करोड ५० लाखसम्ममा आवासीय रियल स्टेटतर्फ ५ अर्ब ५५ करोड १७ लाख रुपैयाँ र व्यापारिक कम्प्लेक्स तथा अपार्टमेन्टमा ३ अर्ब ९१ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।