१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको राष्ट्र होः अध्यक्ष ओली

नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको राष्ट्र होः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको मुलुक भएको बताउनु भएको छ । 

अध्यक्ष ओलीले भूगोल, प्रकृति अनुकूल भएकाले नेपालले खेलकुद क्षेत्रको विकासमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताउनु भएको हो । पार्टी निकट नेपाल खेलकुद महासंघले आईतबार काठमाडौंमा आयोजना गरेको ‘खेल नीति सम्मेलन’ मा बोल्दै उहाँले खेलाडीहरुलाई उत्कृष्ट प्रर्दशनका लागि अधिकतम अभ्यास गर्न पनि आग्रह गर्नु भयो । 

अध्यक्ष ओलीले नेकपा एमालेले लिएको खेलकुद नीति सही, व्यवहारिक र उन्नतस्तरको हुनुपर्ने बताउनु भयो । एमालेले बनाउने हरेक नीतिमा सावधानी अपनाउनुपर्ने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले एमालेले हरेक क्षेत्रको विकासका लागि सही नीति लिएको दावी समेत गर्नु भयो । उहाँले नीति सही भएपनि त्यसको कार्यान्वयन नहुँदा ‘पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन परेको बेला काम लाग्दैन’ भन्ने संस्कृतिको उखान जस्तो हुन पुग्नेतर्फ पनि सचेत गराउनु भयो । 

अध्यक्ष ओलीले खेलका तरीका र शिक्षाहरुलाई पनि अभ्यासमा लगिएन भने काम नलाग्ने भन्दै खेलाडीहरुलाई अभ्यास खेलमा ध्यान दिन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘खेलको सम्बन्धमा हाम्रो भूगोल, हाम्रो प्रकृति खेलका लागि, सबै प्रकारणका खेलका लागि इन्डोर्स गेम, आउटडोर्स गेम अथवा अरु एडमेन्चर गेमहरु, अलिक जोखिमयुक्त देखिने खालका गेमहरु, यस्ता बलले खेलिने गेमहरु, यी सबै गेमहरुमा हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । हामी सही नीतिहरु तय गर्दछौं । ती अनच्यालेन्जएवल हुन्छन । किनभने ती करेन्ट हुन्छन । ती हितकारी हुन्छन, लाभकारी हुन्छन । त्यसकारण हामीले नीति निर्माण गर्दा सावधानी पनि अपनाउनु पर्छ– गल्ती नहोस् । किन, हाम्रा नीति र हाम्रा नीतिको कार्यान्वयनले यदि गलत नीति तय भए वा त्यसको कार्यान्वयनमा गल्ती भए देशले नै गल्ती गर्न पुग्दछ । हाम्रा नीति सही, व्यवहारिक र उन्नत स्तरको हुनु पर्दछ । र त्यसको कार्यान्वयन अथवा ती नीतिहरुको कार्यान्वयन सक्रियताका साथ गर्नु पर्दछ । नीति बनायौं तर सफल कार्यान्वयन गरेनौं भने, नीति कार्यान्वयनमा सुस्तता देखायौं भने ती नीतिहरु संस्कृतमा एउटा भन्छ–पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन परेको बेलामा काम लाग्दैन भनेर । त्यस्तै हुन्छ ।’

अध्यक्ष ओलीले खेलकुद क्षेत्रका विज्ञहरुसँग परामर्श गरेर खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन पनि महासंघका पदाधिकारीहरुलाई निर्देशन दिनु भयो । उहाँले खेलाडीहरुको मनोबल बढाउन पनि खेलकुद क्षेत्रका दर्शकहरुको संख्या बढाउन जोड दिनुपर्ने बताउनु भयो ।