१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

द्वन्द्वकालका कमी कमजोरी छानबिनका लागि प्रतिबद्ध छौँः अध्यक्ष दाहाल

द्वन्द्वकालका कमी कमजोरी छानबिनका लागि प्रतिबद्ध छौँः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा घटेका घटनाको सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न, पीडितलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पु¥याई मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको बताउनुभएको छ । 

बृहद् शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पुगेको अवसरमा आज एक सन्देश दिनुहुँदै उहाँले हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धिप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीको छानबिन गरी सार्वजनिक गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । 

अध्यक्ष दाहालले भन्नुभएको छ, “यो मामला सरकारको मात्र नभई राज्यको मामिला हो । यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौँ र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्नेमा हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौँ ।” 

उहाँले शहीद तथा बेपत्ता परिवार, घाइते विस्थापितलगायतको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुङ्गोमा पु¥याउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । उहाँले शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्ताव नं १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको तथ्य प्रस्तुत गर्नुभएको छ । त्यससम्बन्धी दोस्रो कार्ययोजनासमेत कार्यान्वयन गर्नेमा विश्वास दिलाउँदै अध्यक्ष दाहालले ऐतिहासिक दिनमा जाहेर गरिएको प्रतिबद्धता पूरा गर्न सबै पक्षबाट सहयोगको अपेक्षासमेत गर्नुभएको छ । 

संविधानसभाबाट संविधान, त्यसको कार्यान्वयनका निम्ति निर्वाचन र निर्वाचित पदाधिकारीले पहिले कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले नेपाली सेनाको लोकतान्त्रीकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी काम  पूरा गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भई कार्यरत रहेको स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष दाहालले संवैधानिक रुपमा स्थापना भएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाती आयोगजस्ता आयोगले पनि मानवअधिकार र शान्तिका लागि आफ्नो भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । 

शान्ति प्रक्रियाका लागि योगदान गर्ने सबैलाई धन्यवाद दिनुहुँदै अध्यक्ष दाहालले नेपाली समाजमा रहेका समस्याहरु क्रमशः समाधानको दिशामा जाने विश्वाससमेत व्यक्त गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।