१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी महोत्तरी जाँदै



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विभिन्न कार्यक्रममा सरिक हुन आज महोत्तरी जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले मटिहानीमा रहेको धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

 महोत्तरीको मटिहानी त्रेतायुगमा राम–सीताको विवाहमा वेदि (यज्ञस्थल) निर्माण गर्न माटो खनिएको ठाउँका रूपमा विश्वास गरिन्छ । वेदीका लागि माटो खनिएको मानिँदै आइएको लक्ष्मीसागर (तलाउ) मिथिला क्षेत्रकै पवित्रस्थलका रुपमा अझै पूज्य रहेको पाका मैथिल बताउँछन् । 

मटिहानी संस्कृत शिक्षाको पुरानो केन्द्र रहँदै आएको छ । शिक्षाप्रेमी तथा सन्त बालगुरु षडानन्द (भोजपुर, दिङ्ला)ले शिक्षा लिनुभएको ३०३ वर्ष पुरानो तत्कालीन संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नाममा मुलुकका विभिन्न भेगका विद्यार्थीलाई शिक्षा दिँदैछ । 

यही नै राजा जनकको दरबारका विद्वान मनिषी याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाममा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)मा स्नातकोत्तर तहसम्मको अध्ययन, अध्यापन हुँदै आएको छ ।

यसबाहेक धार्मिक परम्परामै मिथिलाको ‘महाकूम्भ’ भनिने मिथिला माध्यमिकी परिक्रमा (फागुन शुक्लपक्षमा हुने)को यो जिल्लामा पहिलो र मिथिला परम्परामा चौथो दिनको विश्रामस्थलका रूपमा स्थापित रहेको मटिहानीवासी बताउँछन् ।