२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट लेकसाइडका पाँच पसल क्षति



अ+ अ-

कास्की । पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ  । बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् ।

रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिनुभयो । प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रारम्भिक अनुसन्धानमा रु एक करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको जनाउँदै उहाँले भन्नुभयो, “आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ । विद्युत् सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ ।” (रासस)