१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङविरुद्ध नेपालले दियो १०५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकपको एसियाली छनोटमा हङकङविरुद्ध नेपालले १०४ रन जोडेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेल्दै तीन विकेट गुमाएर १०४ रन जोडेको हो । 

नेपाली ओपनर सिता राना मगरले ५८ बलमा अविजित ४० रनको योगदान दिइन् । उनले चार चौका प्रहार गरिन् । त्यस्तै, इन्दु वर्माले ३१ रन बनाइन्। 

बलिङतर्फ हङकङका बेट्टी चान र केरी चानले समान १–१ विकेट लिए ।

आज (सोमबार)बाट सुरु भएको आईसीसी विश्वकप २०२३ को एसियाली छनोटमा नेपालले पाँच खेल खेल्दैछ । छनोटमा कुल ६ टिमको सहभागिता रहेको छ। नेपालसहित हङकङ, यूएई, भुटान, मलेसिया, कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

छनोटको शीर्ष स्थानमा रहने टिमले विश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ ।