१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत विमानस्थल मंसिर १० देखि पुस ५ गतेसम्म बन्द हुने



अ+ अ-

सुर्खेत । सुर्खेत विमानस्थलमा मंसिर १० गतेदेखि उडान बन्द हुने भएको छ । 

धावनमार्ग (रनवे) मर्मतका लागि २५ दिनसम्म विमानस्थलमा हुने सबै उडानहरु बन्द गर्न लागिएको हो ।

जसकारण सुर्खेतबाट साविकको कर्णालीका जिल्लामा हुने उडानसमेत  प्रभावित हुने भएका छन् ।

जहाज उडान तथा अवतरण नभए पनि सुर्खेत विमानस्थलमा हेलिकप्टर भने नियमित अवतरण गर्न सक्ने बताइएको छ ।