२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चुनौतिपूर्ण संविधान सभा निर्वाचन

चुनौतिपूर्ण संविधान सभा निर्वाचन
अ अ+ अ-


वोर्ण बहादुर कार्की
आगामी मंसिर ४ गते संविधान सभाको निर्वाचनको घोषणा भएको छ । अब संविधान सभाको निर्वाचन हुन करिब ४ महिना मात्र बाँकी छ । निर्वाचन आयोगले निर्वाचनको संम्पूर्ण तयारी गरेको दावी गरेको छ । आम नेपाली जनता निर्वाचनको पक्षमा देखिए तापनि निर्वाचनको पक्षमा माहौल अझै बन्न सकेको छैन । जति जति निर्वाचनको तिथि नजिक आउँदै छ, उति उति निर्वाचन नहुने हो कि भन्ने आशंका बढ्दै गएको छ । यो स्थितिबाट तोकिएको मितिमा निर्वाचन हुन्छ हुँदैन भन्ने राष्ट्रव्यापि वहसले तिब्रता पाएको छ । यस्ता घटनाक्रमबाट संविधानसभाको निर्वाचन चुनौतिपूर्ण बन्दै गएको छ ।
आम नेपाली जनताहरू निर्वाचनको पक्षमा हुँदा हुँदै पनि निर्वाचनको पक्षमा किन वातावरण बनिरहेको छैन ? मुलुकका सामु यस्तो अहम् प्रश्न खडा भएको छ । वर्तमान सरकारमा राजनीतिक दलहरूको प्रतिनिधित्व छैन, गैर राजनीतिक व्यक्तिहरूको चुनावी प्रयोजनका लागि मात्र खडा भएको सरकार छ । यो सरकारसँग आम जनतामा पुग्ने भरपर्दो संयन्त्रहरू छैनन् । यो सरकारले मात्र निर्वाचनको विश्वासनियता दिलाउन सक्ने अवस्था छैन । राजनीतिक दलहरूको सहयोग विना यो सरकारले मात्र निर्वाचनको वातावरण बनाउनु पर्ने भन्नु उचित हुँदैन । यस्ता सीमितता हुँदा हुँदै पनि सरकारले निर्वाचनको पक्षमा माहौल निर्माण गर्ने सबै सम्भावनाहरूलाई अझै प्रयोग गरिरहेको स्थिति छैन । यसबाट पनि निर्वाचनको निश्चिततामा प्रश्न उठ्ने गरेको हो ।
संविधानसभाको आगामी निर्वाचनलाई सम्पन्न गराउने ऐतिहासिक जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा छ । निर्वाचन तोकिएकै समयमा हुन्छ भन्ने विश्वास आम नेपाली जनतालाई दिलाउने कर्तव्य पनि उनिहरुकै हो । यी प्रमुख राजनीतिक दलहरूले विशेष सक्रियता नदेखाए सम्म निर्वाचनको वातावरण बन्न नसक्ने निर्विवाद छ । प्रमुख राजनीतिक दलहरूमध्ये कुनै एकको प्रयत्नबाट मात्रै निर्वाचनको वातावरण बन्न सक्ने स्थिति छैन । उनीहरूको संयुक्त र योजनाबद्ध प्रयासबाट मात्र निर्वाचनको वातावरण बन्ने छ । तर यस्तो प्रयास प्रमुख राजनीतिक दलहरूबाट हुन सकिरहेको छैन ।
संविधान सभाको दोस्रो निर्वाचन गराउनको लागि प्रमुख राजनीतिक दलहरू वीचको एकता प्रमुख र उनीहरू वीचको अन्तरविरोध गौण हुनु पर्ने हो । तर निर्वाचनका लागि उनीहरूको विचको अन्तर विरोध प्रमुख र एकता गौण बन्दै गएको छ । प्रमुख राजनीतिक दलहरुका नेताहरूले एक अर्का माथि गर्ने गरेका आरोप प्रत्यारोपले यही कुराको पुष्टी हुन्छ । आगामी संविधान सभाको निर्वाचन जसरी पनि सम्पन्न गराउने तर्फ ध्यान केन्द्रित गर्नुको सट्टा विगतका असान्दर्भिक कुराहरूलाई उठाएर निर्वाचनको वातावरण धमिल्याउने अशोभनीय काम उनीहरूबाट भइरहेको छ । यसबाट पनि आम जनताको निर्वाचनको चाहाना विपरित अविश्वासको वातावरण बढ्दै गएको छ ।
प्रमुख राजनीतिक दलहरूले निर्वाचनको पक्षमा निर्णय गरेका छन् । तर निर्वाचन विरोधी चलखेल तिनै पार्टीहरू भित्रैबाट खुला रुपमा भइरहेको छ । तिनै राजनीतिक पार्टीका कार्यकर्ता देखि शुभ चिन्तक सम्मले व्यवसायिक संगठन र नागरिक समाजका आवरणमा खेली रहेको निर्वाचन विरोधी भूमिका यसका ज्वलन्त उदाहरणहरू हुन् । प्रमुख दलहरूले आ–आफ्नो पार्टी भित्रको अराजकतालाई नियन्त्रण गर्न नसक्नुले पनि निर्वाचनको पक्षमा बन्दै गएको वातावरण विस्तारै भत्कँदै गएको छ । निर्वाचन विराधीहरूको चलखेल बढ्दै गएको कारण पनि यही नै हो । प्रमुख दलहरूले आफू भित्रको यस्ता अराजकतालाई रोक्न सकेनन् भने निर्वाचनको विरुद्धमा गम्भिर जटिलताहरू थपिँदै जाने प्रवल सम्भावना छ ।
प्रमुख राजनीतिक दलहरूको भूमिका कमजोर हुँदै गएको वर्तमान स्थितिमा वाह्य शक्तिहरूको चलखेलले निकै तिब्रता पाएको छ । नेपालको राजनीतिमा विशेष भूमिका खेलिरहेका र चासो लिइरहेका वाह्य शक्तिहरू पनि विभाजित रहेको कुरा सतहमा देखिन थालेको छ । प्रष्ट रुपमा एक पक्ष निर्वाचनको पक्षमा र अर्को पक्ष विरोधमा देखिएका छन् । संविधान सभाको निर्वाचन हुन नसक्दा नेपालको राजनीति अस्थिरताको भूमरीमा फस्ने, जसको प्रत्यक्ष असर आ–आफ्नो देशको सुरक्षामा पर्ने सोचाइ राख्ने वाह्य शक्तिहरू निर्वाचनको पक्षमा देखिन्छन् । नेपालको राजनीतिको संक्रमणकाल जति बढि लम्बिन्छ, उति आफ्नो रणनीतिक निहित स्वार्थ पुर्ति गर्न सकिने धारणा राख्ने वाह्य शक्तिहरू निर्वाचनको विरुद्धमा देखिएका छन् ।
निर्वाचनका पक्षमा देखिएका वाह्य शक्तिहरू विशेषतः छिमेकी मुलुकहरूको भन्दा निर्वाचन विरोधी वाह्य शक्तिहरूको चलखेल र कसरत बढ्दै गएको छ । हरेक पार्टीहरुमा उनीहरूले खेलिरहेको खेलले यही संकेत गर्दछ । भरिसक्य निर्वाचनको वातावरण नै बन्न नदिने, बनिहालेमा निर्वाचन भाड्न जुनसुकै हरकत गर्ने रणनीति उनीहरूको रहेको संकेत मिल्दछ । तोकिएको मितिमा संविधान सभाको निर्वाचन हुन सकेन भने मुलुकको राजनीतिक अवस्था अत्यन्त संकटग्रस्त हुने निश्चित छ । त्यो अवस्थामा नेपालको राजनीति कति धेरै पछाडि फर्कने हो, त्यसको आकलन गर्न नसकिने स्थिति छ । यो अवस्थामा चुनाव विरोधि वाह्य शक्तिहरूलाई मुलुक र जनताको लागि शत्रु र चुनावका सहयोगिहरूलाई मित्र शक्तिका रुपमा बुझ्न विलम्ब गर्न नहुने भएको छ ।
केही राजनीतिक दलहरू खुलेर निर्वाचनको विरुद्धमा खडा भएका छन् । ती दलहरूमा रहेका निर्वाचन पक्षपातीहरु परस्त भएको तथ्यहरु सार्वजनिक हुँदै गएका छन् । आम नेपाली जनता र प्रमुख राजनीतिक दलहरू निर्वाचनको पक्षमा रहेकाले यस्ता दलहरुको शक्ति र क्षमताले निर्वाचनलाई भाड्न सक्ने स्थिति छैन । तर निर्वाचन विरोधी वाह्य शक्तिहरू जसरी खेलीरहेका छन्, त्यसलाई हेर्दा भने उनीहरू निर्णयक बन्न सक्ने सम्भावनालाई पूर्णतः इन्कार गर्न सकिँदैन । निर्वाचन पक्षपातिहरूको सक्रियता धिमा गतिमा र निर्वाचन विरोधिको चलखेल तिब्र गतिमा भई रहेको घटनाक्रमले पनि यही संकेत गर्दछ ।
नेपाली राजनीति राष्ट्रिय राजनीतिक शक्तिहरूको काबुभन्दा धेरै बाहिर गईसकेको छ । राष्ट्रिय शक्तिको प्रयासले मात्र संविधान सभाको निर्वाचन सम्पन्न गराउन सकिने सम्भावना छैन । निर्वाचनका लागि पक्षपाती मित्र राष्ट्रहरूको सहयोग अनिवार्य भएको छ । निर्वाचन विरोधि वाह्य शक्तिहरूसँग सन्तुलन र नियन्त्रण गर्न पनि मित्र राष्ट्रहरू कै सहयोगको खाँचो टड्कारो रुपमा खडा भएको छ । निर्वाचन आउन धेरै दिन बाँकी नभए पनि प्रमुख राजनीतिक दलहरूले इमान्दारिकतापूर्वक निर्वाचनको पक्षमा माहोल सिर्जना गरी त्यस कार्यमा लागेमा र अन्तर्राष्ट्रिय सहयोग पनि जुट्यो भने तोकिएको मितिमा नै निर्वाचन हुन असम्भव छैन ।