२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमल ओलीले अव विहे नगर्ने–राजनीतिमा आउने



अ+ अ-

–श्याम स्मृत
काठमाडौं। चर्चित लोकदोहरी गायिका कोमल ओलीले अव विहे नगर्ने पक्का–पक्की भएको छ। उमेरको हिसावले चालिस नाँघिसकेकी गायिका ओलीले विहे प्रति आफ्नो कुनै प्रकारको चाहना नै नभएको खुलासा गरेकी छन्। हाल प्रदर्शनमा आएको चलचित्र राजनीतिमा नायक राजेश हमालको नायिकाको रुपमा देखा परेकी ओलीलाई विहेको बारेमा धेरैले प्रश्न तेर्साएपछि विवाहको बारेमा सार्वजनिक धारणा प्रस्तुत गर्न उनी पछि नपरेकी हुन।

विवाह भन्ने कुरा गौण हो । यसलाई त्यति धेरै महत्व र जटिलताको रुपमा लिन नहुने, यसको लागि दबाब सिर्जना गर्न नहुने धारणा प्रस्तुत गर्दै स्वतन्त्र रुपमा जिउने सामाजिक आधार तयार पार्न नै आफूले विहे नगर्ने निर्णय गरेको गायिका ओलीले दावी गरेकी छन् । विहेको लागि कसैवाट प्रस्ताव नै नआएर त्यसो गर्नु भएको हो कि भन्ने प्रश्नमा पनि त्यो पनि नभएको र धेरैवाट राम्रा प्रस्ताव आएतापनि आफूलाई विहे गर्ने रहरै नभएर नगरेको समेत खुलासा गर्न पछि परिनन् ।

लोकदोहरी गायिका भएर व्यापक नाम र दाम कमाइरहेको वर्तमान अवस्थामा चलचित्रमा नायिका बन्नु रहर नभइकन करबर हो भन्न उनी चुक्दिनन् । मेरा शुभचिन्तकहरुले मलाई चलचित्रको पर्दामा नायिका भएको हेर्न चाहे । त्यो चाहनालाई मैले पूरा गरिदिएको मात्र हो । आम नायिका जस्तो नायिका बन्नको लागि मात्र चलचित्रको चक्कर लाउने रहर पनि नभएको बताउने उनले चलचित्र राजनीतिका नायक राजेश हमालसँग आफ्नो पटक्कै केमिष्ट्री मिल्दैन भनेकी छन् ।

पचास नाँघेका नायक हमालसँग विवाह गर्ने कि भन्ने प्रतिप्रश्नमा केमिष्ट्री नमिल्ने मान्छेसँग विहे त संभवको कुरा नै हुँदैन । त्यस्ता मान्छेसँग विहे गर्नु त मूर्खता सिवाय अरु नहुने बताउने विहे नगरिकनै समाजमा उदाहरण बन्ने प्रयत्नमा आफू लाग्ने समेत भनेकी छन् । त्यसका लागि हालसम्म मानसिक रुपमा तयार रहेको र भोलिका दिनमा के हुन्छ–त्यो थाहा नभएतापनि भोलि कसले पो देखेको छ भनेर भन्न पछि परिनन् ।

आज नगद भोलि उधारो भनेजस्तै भोलि कहिले पनि हुदैन । भोलि पनि आज नै हुन्छ । त्यो आजमा नै बाँच्न सिक्नु पर्दछ । म आजमा नै बाँचेकी दृढ विश्वासी अनि संकल्पी नारी भएको दावी गर्दै गायनवाटै नाम अनि दाम कमाएकी भएकोले यस क्षेत्रलाई कदापि नछाड्ने प्रतिवद्धता व्यक्त गरेतापनि राजनीति संभवत अन्तिम लक्ष्य हुन सक्ने संकेत गरिन् । निकट भविष्यमा राजनीतिमा कोमल ओली देखा परेमा कोही पनि आश्चर्यमा नपर्न समेत उनले भनेकी छन् ।