• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

‘मेरी बास्सै’मा रेखा थापा



नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको चर्चित हाँस्यब्यंग्य टेलिश्रंखला ‘मेरी बास्सै’मा अभिनेत्री  रेखा थापालाई  बिशेष भुमिकामा देख्न पाइने भएको छ । उनी ‘मेरी बास्सै’मा गामी तीन भागसम्म आफ्नो रियल क्यारेक्टरमा प्रस्तुत हुदैछिन् ।

उनले निर्माण गरेको चलचित्र ‘काली’ यहि असोज २५ गतेबाट रिलिज हुदैछ । चलचित्र ‘काली’को प्रोमोसनको लागि रेखाले ‘मेरी बास्सै’मा खेलेकी हुन् । ‘मेरी बास्सैमा अभिनय गर्दा धेरै रमाइलो भयो’ रेखा भन्छिन् ‘कमेडीमा काम गर्न धेरै गाह्रो हुने रहेछ भन्ने कुरा मेरी बास्सै खेलेपछि थाहा पाए ।’

टेलिश्रंखलामा ‘लाउड’ एक्सप्रेसन दिनुपर्ने भएकाले चलचित्रभन्दा फरक हुने रेखाको भनाई छ । ‘पछि डबिङ गरिने भएकाले फिल्ममा सफ्ट बोल्ने र एक्टिङ गर्नुपर्ने हुन्छ त्यसैले नेचुरल लाग्छ तर सिरियलमा काम गर्दा भने अलि बढी आर्टिफिसियल पनि बन्नुपर्ने रहेछ’ थापाले मेरी बास्सै सुटिङको अनुभव सुनाइन् ।

बलिउडमा आफ्नो चलचित्र प्रोमोसनका लागि कलाकारहरु विभिन्न टेलिभिजन कार्यक्रमहरुमा सहभागी हुने गरेपनि नेपालमा छिटपुट बाहेक यस्तो शैली अपनाएको पाइदैन । यस अघि  अभिनेत्री रेजिना उप्रेतीले बरदानको प्रोमोसनको लागि र भुवन केसीले साथी म तिम्रो को प्रोमोसनको लागि  ‘मेरी बास्सै’को साहेता लिएका थिय भने अभिनेत्री थापाले भने पहिलो पटक यो शैली अपनाएकी हुन् । भर्खर मात्र कतारमा एक कार्यक्रम सकाएर नेपाल फर्किएकी थापाले आफ्नो चलचित्र ‘काली’को प्रमोशनमा तिब्रताका साथ लागेकी छन् ।