२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेतन र सुवोध तताए चितवनको चुनावी माहोल



अ+ अ-

चितवन,- कलाकार चेतन सापकोटा र सुवोध गौतमले एकीकृत नेकपा (माओवादी) चितवनको चुनावी माहोल तताएका छन । हिजो (शुक्रबार) निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेद्वार नारायणप्रसाद दाहालको चुनावी प्रचारप्रसारमा केन्द्रित कलाकार सापकोटा र गौतमले आज (शनिबार) भने चितवनको क्षेत्र नम्बर ४ लाई तताए ।

क्षेत्र नम्बर ४ अन्तर्गत मंगलपुर बजारमा आयोजित कोणसभामा सापकोटाले मतदातालाई जुरुकजुरुक पारेका थिए भने, गौतमले पेट मिचीमिची हास्न बाध्य पारेका थिए । एकीकृत नेकपा (माओवादी) का चित्रबहादुर श्रेष्ठको चुनावी प्रचारप्रसार गरिरहँदा नेपाली काँग्रेस, नेकपा एमालेका सोही ठाउँमा केन्द्रित कोणसभा भने खल्लो भएको थियो ।

कोणसभामा बोल्दै एकीकृत नेकपा (माओवादी) का उम्मेद्वार चित्रबहादुर श्रेष्ठले जसको अवधारणा उसैलाई जिताएर संविधान निर्माणको काम सम्पन्न गर्न जनतासामु आग्रह गरेका थिए । उनले एकीकृत नेकपा (माओवादी) को जीत संविधान निर्माण सुनिश्चित हुने भएकाले पनि एमाओवादीलाई बहुमत दिन आग्रह गरे । कार्यक्रममा एकीकृत नेकपा (माओवादी) समानुपातिक तर्फका उम्मेद्वार अन्जान तिमिल्सिना ‘सघर्ष’, एकीकृत नेकपा (माओवादी) क्षेत्र नम्बर ४ का संयोजक सुदर्शन पौडेल, प्रचारप्रसार संयोजक पवित्रा रिजाल ‘स्मृति’ लगायतले माओवादीलाई मत दिएर जनताको संविधान बनाउन सहयोग गर्न अनुरोध गरेका थिए ।

यसैगरी क्षेत्र नम्बर ४ अन्तरगत भरतपुर–९ केन्द्रित मोटरसाइकल ¥याली पनि गरिएको छ । स्थानीय मतदाताको माग पछि मोटरसाइकल ¥याली आयोजना गरिएको बताइन्छ । यसैबीच एकीकृत नेकपा (माओवादी)का क्षेत्र नम्बर ३ का उम्मेद्वार नारायणप्रसाद दाहालले शनिबार पनि भरतपुर–१० केन्द्रित कोणसभा र घरदैलो कार्यक्रम गरी मत मागेका छन । बिहान भनपा–१० हाकिम चोकमा कोणसभा गरी शुरु भएको घरदैलो कार्यक्रम गरेका थिए ।

कोणसभामा बोल्दै दाहालले पहिचानसहितको संघीयता, समावेशी–समानुपतातिक लोकतन्त्र अग्रगामी संविधानको मूलमन्त्र भन्ने नारालाई सार्थक पार्न यस पटकको निर्वाचनमा माओवादीलाई बहुमत र संघीयता पक्षधरलाई दुई तिहाई मत दिन आग्रह गरेका थिए । उनले नेकपा (माओवादी)लाई मतदान गरेमा मात्र नेपाली जनताले नयाँ र अग्रगामी संविधान पाउने भएकाले माओवादीलाई मतदान गर्न जनतासामु अनुरोध गरेका थिए । क्षेत्र नम्बर ४ मा साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेका कलाकारद्वय आजै क्षेत्र नम्बर १ र २ केन्द्रित कोणसभामा पनि आफ्नो प्रस्तुती देखाउने कार्यक्रम रहेको एकीकृत नेकपा (माओवादी) चितवनले जनाएको छ ।