११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहरुख खान ४८ औं बर्षमा प्रवेश



अ+ अ-

बलिउडका वादशाह साहरुख खान आजबाट ४८ औं बर्षमा प्रवेश गरेका छन् । दिल्लीमा जन्मेका साहरुखले बलिउडमा ‘दिवाना’ चलचित्र मार्फत प्रवेश गरेका थिए । बलिउडमा उनलाई रोमान्स किङ, बादशाह लगायतका नामले पनि चिनिन्छ ।उनी बलिउडमा २० बर्षदेखि निरन्तर राज गरिरहेका छन् ।

साहरुख खानले अभिनय गरेका अधिकांश सिनेमाहरु सफल छन् । साहरुख आज विश्वकै चर्चित कलाकारको सूचिमा अग्रस्थानमा छन् । साहरुख एसियाकै धनी कलाकार हुन । यस्तै उनी विश्वकै धनी कलाकारको सूचिको चौथो स्थानमा रहेका छन् ।

साहरुखले अभिनय गरेका डर, बाजीगर, दिलवाले दुल्हनिया ले जायंगे, कुछ कुछ होता हे, कभी खुशी कभी गम, ओम शान्ती ओम, चेन्नई एक्सप्रेस, माई नेम ईज खान, मे हँु ना, जब तक हे जान, विर जरा जस्ता सिनेमाहरु सर्वाधिक चर्चित रहेको पाइन्छ । बलिउड बादशाह साहरुख खानलाई जन्मदिनको हार्दिक शुभकामना ।