• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ ★   खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी ★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ? ★   प्रिमियर लिगमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा, म्यान्चेस्टर सिटीले नटिङहमसँग खेल्दै ★   युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास ★   आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ: प्रधानमन्त्री ★   दर्शकको साथ पाए नेपाली चलचित्रले

‘मोक्ष’लाई ‘युनिभर्सल सर्टिफिकेट’



काठमाडौं,  २४ मंसिर –

संगीत जीवनलाई पृष्ठभूमी बनाएर निर्माण गरिएको साँगितिक चलचित्र ‘मोक्ष’लाई चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले केहि संवाद र दृश्यमा कैंची चलाउँदै ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ । अब यो चलचित्रलाई सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने छन् ।

प्रविन श्रेष्ठ निर्देशित ‘मोक्ष’ माघ २४ गते अल नेपाल प्रदर्शन हुँदैछ । चलचित्रमा कोसिश क्षेत्री, वेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराइली, बसन्त भट्ट, विशाल ढुङ्गाना, सपना श्रेष्ठको मुख्य भूमिका छ । संजीव सिंह, नवक्रान्ती, प्रवीण श्रेष्ठ र रकशाष्त्रले फिल्ममा संगीत दिएका छन् । हरी हुमागाइँ, प्रताप सिंह र रविन श्रेष्ठको ‘मोक्ष’मा सिनेम्याटोग्राफी छ ।

मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता सुनिल मानन्धर हुन् । ‘हरेकका जीवनमा संघर्ष हुन्छ । चलचित्रका पात्र पनि एकखाले संघर्षबाट माथि आउन मुक्ति अथवा मोक्ष खोजिरहेका हुन्छन्,’ यस्तै थिम बोकेको बताउने निर्देशकले थपे- ‘मोक्ष वास्तविक घटनामा आधारित म्युजिकल चलचित्र हो ।’