२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महाधिवेशन : सुरुआती परिणाममा देउवालाई स्पष्ट बहुमतको संकेत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरुको परिणाम सार्वजनिक भइरहेको छ । प्रदेश नं २ बाहेकका अरु प्रदेशहरुमा हिजोदेखि शुरु भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनका परिणामहरु आइरहेका छन् । कतिपय जिल्लाका परिणामहरु आइरहेका छन् भने अरु कतिपय जिल्लामा मत गणना सुरु भएको छ । केहीमा भर्खरै मत गणना सुरु भएको छ भने अरु केही जिल्लामा आज मतदान हुने भएको छ । केही जिल्लामा मतदान सुरु पनि भएको छ । 

यसैबीच सुरुआती मत परिणामअनुसार काँग्रेसमा संस्थापन पक्षका प्रतिनिधिहरु बढी आएका देखिएको छ । सुरुआती परिणामअनुसार संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवाको पक्षका प्रतिनिधिहरु धेरै आएका छन् । हुनत मत परिणाम पूरै रुपमा आउन बाँकी नै छ । तर पनि अहिलेसम्मको मत परिणामअनुसार संस्थापन पक्षका प्रतिनिधिहरु कम्तीमा पनि ६० प्रतिशतको हाराहारीमा आएका छन् । 

जिल्ला जिल्लाबाट प्राप्त भएको मंगलबार बिहानको मत परिणामअनुसार अधिकांश जिल्लामा देउवा पक्षका प्रतिनिधिहरु आएका छन् । त्यसपछि पौडेल पक्षका छन् भने तेस्रो स्थानमा कृष्णप्रसाद सिटौला पक्षका उम्मेदबारहरु विजयी भएका छन् । प्रकाशमान सिंह र बिमलेन्द्र निधिको पक्षका प्रतिनिधिहरु भने नगण्य मात्र छन् । 

एक नम्बर प्रदेशमा शशांक-शेखर कोइराला पक्षका प्रतिनिधिहरु रहेका भनिए पनि त्यहाँ शेरबहादुर देउवाको पक्षका प्रतिनिधिहरु धेरै आएका छन् । त्यसैगरी रामचन्द्र पौडेलको प्रभाव रहेको ठानिने गण्डकी प्रदेशमा पनि मंगलबार बिहान प्राप्त भएको परिणाममा शेरबहादुर देउवा पक्षका प्रतिनिधिहरु पचास प्रतिशतको हाराहारीमा आएका छन् । 

उता कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने देउवाको एकलौटी देखिएको छ । ती दुवै प्रदेशको अहिलेसम्मको परिणाममा देउवाको ७० प्रतिशतभन्दा बढी प्रतिनिधि आएका छन् ।    

महाधिवेशन जति नजिकिँदै छ, त्यति नै पौडेल पक्षको भनिएको गुटमा गडबडी बढिरहेको पनि देखिएको छ । अनि गुट बन्ने र भत्किने क्रम पनि जारी छ । खासगरी पछिल्लो समय सभापति पदका आकांक्षी रामचन्द्र पौडेलको गुट छिन्नभिन्न हुन पुगेको हो । 

पौडेलले अघिल्लो शुक्रबार बोलाएको गुट भेला प्रकाशमान सिंहले वहिष्कार गरेबाट उत्पन्न भएको तरंगले धेरैतिर हानेको छ । यसले पौडेल समूह भनिएको कोइरालाहरु समेत एक नरहने निश्चित देखिएपछि यसको प्रभाव महाधिवेशन प्रतिनिधिमा पनि परेको छ । यस कारण वर्तमान सभापति शेरबहादुर देउवा समुहलाई आगामी नेतृत्व प्राप्त गर्न निकै सहज हुने परिस्थिति बन्दै गएको छ ।