११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेशबुकबाटै सार्वजनिक गरिन् नीताले प्रेमी



अ+ अ-

चलचित्र नोटबुकबाट रजतपटमा प्रबेश गरेकी अभिनेत्री नीता ढुंगानाले नव–कलाकार अमेश भण्डारीसँग विगत ३ बर्षदेखि प्रेममा रहेको खुलाएकी छिन् । दिनेश डीसीको निर्देशनमा बनिरहेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’मा अभिनय गर्दै गरेकी नीताले सोही चलचित्रका अभिनेता अमेशसँग गहिरो प्रेममा रहेको खुलासा गरेकी हुन् । नीता र अमेश सानैदेखिका साथी पनि हुन् ।

फेसबुकमा ‘वीथ माइ लभ’ लेख्दै नीताले अमेशसँगको प्रेम सार्वजनिक गरेकी हुन् । ३ बर्ष अगाडि एउटा स्कुलको कार्यक्रममा पुग्दा अमेशसँग भेट भएको नीताले बताएकी छिन् । यो जोडी अर्को बर्ष बिहे गर्ने योजनामा रहेको बुझिएको छ । नीताले प्रेम सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् । नीताकी काकीको साथीका छोरा अमेश अभिनेता, गायक तथा संगीतकार पनि हुन् ।