• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ ★   च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै ★   तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य ★   ट्राउट माछाको हब बन्दै र्यालेको मानेदोभान ★   आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने ★   रोहितको कप्तानीमा टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल र रिंकु सिंह परेनन् ★   उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली ★   इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ ★   प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न दिनेछैन ★   गर्मी बढेसँगै चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल

सिड्नीमा ‘सरी ल’



आगामी शुक्रबारबाट नेपालभर प्रदर्शन हुनलागेको नेपाली चलचित्र ‘सरी ल’ आगामी नोभेम्बर २२ तारिखका दिन अष्ट्रेलियाको सिड्नी हर्सभीलस्थित सिभिक थियटरमा प्रथम प्रदर्शन हुने भएको छ । यसको अर्को प्रदर्शनी २९ तारिख पनि हुनेछ । एमएन अडियो भिजियुअलले प्रदर्शन गर्ने तयारी गरेको चलचित्रको टिकट बिक्री सुरु भएको संस्थाले जनाएको छ । चलचित्रको टिकट दर २० डलर प्रतिव्यक्ति तोकिएको छ । एमएनएभीका सुमन सिवाकोटीका अनुसार यसको अनलाईन बुकिंग www. hamrosydney.com.au अथवा www. ticketsnmore. com.au मा गएर गर्न सकिनेछ ।

सामाजिक कथावस्तुलाई समेटेको चलचित्र सरी ल ले मुख्यतः पछिल्लो समय युवा पुस्तामा कसरी फेसबुकबाट प्रेम र त्यससँगै अपराधिकरण भइरहेको छ भन्ने कुरालाई जोड्न खोजेएको छ । फेसवुकले स्थापित गरेको युवा र युवती बीचको प्रेम र आफ्नो मनले आँट्न नसक्दा दोहोरो प्रेममा उत्पन्न हुने दुर्घटनाको परिवेशलाई चलचित्रले कलात्मक रुपमा प्रस्तुत गरेको छ । कृष्णबहादुर महर्जनको निर्माणमा बनेको चलचित्रलाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । चलचित्रमा अनिता आचार्य, सुवास थापा ,राजन खतिवडा र मार्टिन खान लगाएतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।