• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी ★   काठमाडौंमा भोलिबाट सीप मेला आयोजना, एक महिनामा २०८१ जनालाई रोजगारी दिने उल्लेख ★   चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक– भिडियोसहित ★   एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनबाट हृदयाघातको जोखिम हुने दाबी ★   सरकारको आधिकारिक अनलाइन मिडिया छैन: सञ्चारमन्त्री शर्मा ★   समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन ★   कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली ★   दीपकको व्यंग्यः संगठन बलियो भएको ठाउँमा पार्टीले जित्छ, फ्रस्ट्रेसन भएको ठाउँमा घण्टी ★   मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. गौतम र पुर्वान्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. थपलिया नियुक्त ★   विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ

प्राइडे रिलिजमा ‘सरी ल’ र ‘एउटा साथी’, मोफसलमा टुल्के पनि



फ्राईडे रिलिज अन्तर्गत यो शुक्रवारदेखि राजधानीमा दुई चलचित्र र मोफसलमा तीन चलचित्र एक आपसमा भिड्ने भएका छन् । राजधानीमा ऋषि लामिछाने निर्देशित चलचित्र ‘सरी ल’ र लक्ष्मण सुवेदी निर्देशित चलचित्र एउटा साथीबिच प्रतिष्पर्दा हुने भएको छ भने केही दर्शक अघिल्लो शुक्रबार प्रदर्शन भएको चलचित्र टलकजंग भर्सेज टुल्केले पनि तान्न सक्ने देखिएको छ ।

त्यस्तै मोफसलमा भने यो शुक्रबार तीन चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । निश्चल बस्नेत निर्देशित ‘टलकजंग भर्सेज टुल्के’ मोफसलमा आजै सरी ल र एउटा साथीसँगै रिलिज भएको हो । चलचित्र सरी ल मा फेसवुकले स्थापित गरेको युवा र युवती बीचको प्रेम र आफ्नो मनले आँट्न नसक्दा दोहोरो प्रेममा उत्पन्न हुने दुर्घटनाको परिवेशलाई उठाईएको छ । युवा पुस्तालाई लक्षित गरेर बनाइएको यो चलचित्रमा सुवास थापा ,राजन खतिवडा, अनिता आचार्य र मार्टिन खानको मुख्य भूमिका रहेको छ ।

त्यस्तै पारिवारिक प्रेमकथामा आधारित भनिएको एउटा साथीमा सालोन बस्नेत, रिस्ता बस्नेत, करिष्मा श्रेष्ठ, नारायण पुरी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् । ‘टलकजंग भर्सेज टुल्के’मा भने दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, शुसांक मैनाली लगायतको अभिनय रहेको छ ।