१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरक क्षमता भएका व्यक्तिहरूको लागि स्वास्थ्य शिविर



अ+ अ-

काठमाडौं । विगत केहि वर्षदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको “टिम नेपो“ ले यस वर्षपनि, नोभेम्बर २० मा फरक क्षमता भएका व्यक्तिहरुका लागि, नवज्योति प्राइमरी विद्यालय पाँगा, किर्तिपुर, काठमाण्डौंमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविर मार्फत २९ जना व्यक्तिहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै, जेष्ठ नागरिकहरुलाई पनि सेवा उपलब्ध गराएको थियो । 

शिविरमा चिकित्सकहरुले समस्या अनुसारको औषधी मात्र नतोकेर, उनीहरुलाई सल्लाह र स्वच्छता/स्वास्थ्य सम्बन्धित सामग्री जस्तैं साबुन, मास्क, इम्युनिटी टि पनि प्रदान गरेका थिए ।  
राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपालका अध्यक्ष महेन्द्र थापाले आफ्नो प्रारम्भिक मन्तव्य राख्दै फरक क्षमता भएका व्यक्तिहरुको लागि आवश्यक परेको समयमा यस्तो राम्रो सहयोग गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

डा.आभास आचार्य, अध्यक्ष  NAMMS (आईएमडीएफ) का बोर्ड सदस्य डा. सुशान्त भण्डारी, एएमडीआरएफका उपाध्यक्ष डा. रोबिन श्रेष्ठ, टिम नेपोका सहसचिव डा. सञ्जु कार्की, डा.प्रदीप अधिकारी, डा.प्रतिमा ढकाल, डा.अजय राजवंशी, डा.कमल विक्रम पौडेल र डा.महेश अर्यालले उद्घाटन समारोह गरेपछि शिविरमा बिरामीको सेवा गरेका थिए ।

प्रधान परिवार परोपकारको सहयोगमा, राष्ट्रिय अपाङ्ग युवा सञ्जल नेपालको संयोजकत्वमा साथै नेपाल आयुर्वेद मेडिकल स्टुडेन्ट्स सोसाइटी र एकीकृत चिकित्सा विकास प्रतिष्ठानको सहकार्यमा उक्त शिविर सञ्चालन भएको हो ।