६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामिल र मराठी पछि बंगाली भाषा सिक्दै दीपिका



अ+ अ-

बलीउड सय करोड क्लबकी रानी दीपिका पादुकोण यतिबेला बंगाली भाषा सिकिरहेकी छिन् । चलचित्र पीकुको लागि उनले बंगाली भाषा सिकेकी हुन् । यसअघि उनले चलचित्र चेन्यई एक्सप्रेशको लागि तामिल र ह्याप्पी न्यू इयरको लागि मराठी भाषा पनि सिकेकी थिइन् । दीपका निर्देशक शूजित सरकारको साथ चलचित्रको वर्कशपमा ब्यस्त दीपिकालाई मौसमी चटर्जीले पनि बंगाली भाषा सिक्न मद्दत गरिरहेकी छिन् ।

बलीउडमा आफ्नो भूमिकालाई बिभिदता दिने कलाकारको अग्र पंतिमा आउछिन् दीपिका । दीपिका यसअघिका चलचित्र चेन्यई एक्सप्रेशमा तमिलियन, राम लीलामा गुजराती, ह्याप्पी न्यू ईयरमा महाराष्ट्रियन र फाइनिङ फन्नीमा गोवनी युवतीको भूमिका निभाईसकेकी छिन् भने फ्लोरमा जान लागेको चलचित्र पीकुमा बंगाली युवतीको भूमिकामा देखिने भएकी छिन् ।

यसरी अलग अलग भाषा सिक्दा आफ्नो ज्ञान पनि बढ्ने र रमाईलो पनि हुने बताउछिन् दीपिका । बलीउडमा सफल अभिनेत्रीमा नम्मर वानमा पर्ने दीपिकाको अभिनय रहेका अधिकाँश चलचित्रले सय करोड माथिको कारोबार गर्ने गरेका छन् । यसरी पछिल्लो समयका सबै चलचित्र सय करोड क्लबमा प्रबेश गरेकोले उनलाई सय करोड क्लबकी रानी पनि भन्ने गरिन्छ ।