६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाप्रबन्धकमाथि एसिड फ्याँकी आक्रमण



अ+ अ-

इरान, १४ मंसिर । इरानका एक अस्पतालका महाप्रबन्धकमाथि शनिबार एसिड आक्रमण भएको छ । मोटरसाइकलमा आएका दुई आक्रमणकारीले इरान अस्पतालका महाप्रबन्धकडा. आनभारीको अनुहारमा एसिड फ्याँकी आक्रमण गरेका प्रहरीले जानकारी दिएको छ ।

यसअघि भएका यस्ता एसिड आक्रमणमा विशेष गरी महिलालाई लक्ष्यगरी गर्ने गरिएको समाचारमा उल्लेख छ । प्रहरीले आफ्नो बेवसाइटमा रााखिको एक प्रतिवेदनअनुसार गत शनिबार राति इरान अस्पताल अन्तरगतको जियाइआन अस्पतालका प्रमुख डा आनभारीमाथि सो आक्रमण भएको हो ।

उक्त आक्रमणका कारण उनको दुवै आँखामा क्षति पुगेको र उपचारार्थ तुरुन्तै अस्पताल लगिएको थियो । सुरक्षाको कारण देखाउँदै डा. आनभारीको पहिलो नाम उल्लेख नगरेको प्रहरीले जानकारी दिएको छ ।

इस्फाहानको एक मुख्य सहरमा गत अक्टोबरमा कम्तीमा चारजना महिलामाथि एसिड फ्याँकी आक्रमण गरिएको थियो । तेरान र इस्फाहानमा भएको यी दुई आक्रमणबीच केही सम्बन्ध छ वा छैन सो भने खुलासा नभएको बताइएको छ ।