११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाप्रबन्धकमाथि एसिड फ्याँकी आक्रमण



अ+ अ-

इरान, १४ मंसिर । इरानका एक अस्पतालका महाप्रबन्धकमाथि शनिबार एसिड आक्रमण भएको छ । मोटरसाइकलमा आएका दुई आक्रमणकारीले इरान अस्पतालका महाप्रबन्धकडा. आनभारीको अनुहारमा एसिड फ्याँकी आक्रमण गरेका प्रहरीले जानकारी दिएको छ ।

यसअघि भएका यस्ता एसिड आक्रमणमा विशेष गरी महिलालाई लक्ष्यगरी गर्ने गरिएको समाचारमा उल्लेख छ । प्रहरीले आफ्नो बेवसाइटमा रााखिको एक प्रतिवेदनअनुसार गत शनिबार राति इरान अस्पताल अन्तरगतको जियाइआन अस्पतालका प्रमुख डा आनभारीमाथि सो आक्रमण भएको हो ।

उक्त आक्रमणका कारण उनको दुवै आँखामा क्षति पुगेको र उपचारार्थ तुरुन्तै अस्पताल लगिएको थियो । सुरक्षाको कारण देखाउँदै डा. आनभारीको पहिलो नाम उल्लेख नगरेको प्रहरीले जानकारी दिएको छ ।

इस्फाहानको एक मुख्य सहरमा गत अक्टोबरमा कम्तीमा चारजना महिलामाथि एसिड फ्याँकी आक्रमण गरिएको थियो । तेरान र इस्फाहानमा भएको यी दुई आक्रमणबीच केही सम्बन्ध छ वा छैन सो भने खुलासा नभएको बताइएको छ ।