६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरपूर्वी केन्यामा ३६ को हत्या



अ+ अ-

नाइरोबी, १६ मंसिर । उत्तरपूर्वी केन्यामा मङ्लगबार बन्दुकधारीको एक समूहले आक्रमण गरी ३६ कामदारको आमहत्या गरेको प्रहरी र रेडक्रस स्रोतले जानकारी दिएको छ । मानडेरा सहरनजिकै सोमालियाको सीमामा पर्ने एक इलाकामा मङ्गलबार बिहान सबेरै आक्रमणकारीको एक समूहले त्रिपाल लगाएर सुतिरहेका कामदारहरुलाई जथाभावी गोली प्रहार गरी हत्या गरेको सो स्रोतले जानकारी दिएको छ ।

सो स्थानमा सोमालियाको अल–कायदासँग आवद्ध सेवाव र अन्य आतङ्ककारी समूहले शृङ्खलावद्ध रुपमा आक्रमण गराउँदै आएका केन्या सञ्चारमाध्यमले जानकारी दिएको छ । सोमालियाली इस्लामिस्ट अतिवादी समूहले नै सो आक्रमण गरेको प्रहरीले आशङ्का व्यक्त गरेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले यस आक्रमणमा ३६ व्यक्तिको हत्या हुनुको साथै अन्य तीन अपहरण भएका जानकारी दिएका छन् ।

सोमबार अबेर रातिदेखि मङ्गलबार बिहानसम्म नै भएको यस आक्रमणको कुनै पनि समूहले जिम्मा भने लिएको छैन । केन्यामा सन् २०११ देखि सोमालियाली आतङ्ककारी समूहलगायत सेवा समूहको पनि सहभागितामा शृङ्खलावद्ध आक्रमण हँुदै आएको छ ।