२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्यामा भएको हत्याको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा



अ+ अ-

संयुक्त राष्ट्रसंघ, १७ मंसिर । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले मङ्गलबार केन्यामा भएको आमहत्याको कडा शब्दमा निन्दा गरेका छन् । उत्तरी केन्यामा भएको सो हत्या मानवता विरुद्धकै अपराध हो भन्दै त्यसमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न उनले माग गरेका छन् ।

उत्तरपूर्वी केन्यामा बन्दुकधारीको एक समूहले आक्रमण गरी ३६ कामदारको आमहत्या गरेको थियो । सो कार्यको विश्वव्यापी रुपमा निन्दा गरिएको छ । मानडेरा सहरनजिकै सोमालियाको सीमामा पर्ने एक इलाकामा मङ्गलबार बिहान सबेरै आक्रमणकारीको एक समूहले सुतिरहेका कामदारहरुलाई छानी छानी हत्या गरेको थियो ।

त्यहाँ निर्माणको काममा संलग्न रहेका उनीहरु त्रिपालमा सुतिरहेका थिए । उनीहरु सबैलाई लाइनमा उभिन लगाएर मुस्लिम र गैरमुस्लिम नागरिक भन्दै छानिएको प्रत्यक्षदर्शीले जनाएका छन् । यसरी छानेपछि शसस्त्र हतियारधारीको सो जत्थाले गैरमुस्लिम नागरिकलाई मात्र लाइनमा राखेर हत्या गरेका समाचारमा जनाइएको छ ।

बुधबार एक विज्ञप्ति प्रकाशन गरी महासचिव बानले उक्त कार्यको निन्दागर्दै मारिएका परिवारका सदस्यहरुप्रति समवेदना प्रकट गरे । सो स्थानमा सोमालियाको अल–कायदासँग आवद्ध अल सबाब र अन्य आतङ्ककारी समूहले शृङ्खलावद्ध रुपमा आक्रमण गराउँदै आएका केन्याली सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

सोमालियाली इस्लामिस्ट अतिवादी समूहले सो आक्रमण गरेको छ । सोमालियाली अल सबाब समूहले सो हत्याको जिम्मेवारी लिएको छ । महासचिव बानले यस हत्यामा संलग्नहरुलाई कानुनको कठघरामा उभ्याउन केन्या सरकारसँग माग पनि गरेका छन् । यस्ता आतङ्कवादी क्रियाकलापबाट कदापि बिचलित नभर्ई बढ्न आग्रह गर्दै आतङ्कवादको निर्मूलका लागि संयुक्त राष्ट्रसंघ सधैं केन्याको पक्षमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।