३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य सडकको खाल्टाखुल्टीले सास्ती



अ+ अ-

पर्सा । वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य मुख्य सडकमा खाल्टो परेपछि सार्वसाधारण जोखिममा यात्रा गर्न बाध्य भएका छन् । मुख्य सडकमा गहिरो खाल्टो भए पनि लामो समयसम्म मर्मतसम्भार नहुँदा सर्वसाधारणहरु जोखिममा यात्रा गर्न बाध्य भएका हुन् ।

ठूलाठूला खाल्टोका कारण दैनिक तीनदेखि चारवटा सवारी दुर्घटना भए पनि सम्बन्धित निकायले कुनै चासो नलिएको स्थानीयवासीले गुनासो गरेका छन् । कामविशेषले भन्सार  क्षेत्र वा नजिकको भारतीय बजार  रक्सौल जानुपर्दा जोखिममा यात्रा गर्नु परेको महानगरपालिका–२ छपकैयाका असहाब आलमले जानकारी दिनुभयो । उहाँले बिग्रिएको सडकका कारण  दुर्घटनाको जोखिमसँगै वर्षाका बेला हिलो र हिउँदका बेल धुलोसमेत आफूहरुले खेपिरहेको गुनासो गर्नुभयो ।

वीरगञ्ज भन्सार अगाडिकै मुख्य सडक वर्षौंदेखि बिग्रिए पनि सम्बन्धित निकायलाई उक्त सडक मर्मतसम्भारको कुनै चासो नहुनु दुर्भाग्यपूर्ण रहेको महानगरपालिका–१४ गण्डक निवासी अब्दु सैफ अन्सारीको भनाइ छ । उहाँले बिग्रिएको सडकको कारण सो क्षेत्र सधैँ धुलोम्मे हुने गरेको बताउनुभयो । 

व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका इन्जिनियर सञ्जीवकुमार गुप्ताले घण्टाघरदेखि मितेरी पुलसम्मको सडकमा रहेका खाल्टाखुल्टीलाई पुरी कालोपत्र गर्न र आवश्यकतानुसार १७ मिटर चौडाइको सडक नै निर्माण गर्ने योजनासहितको अनुमान भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा बुझाएको र मन्त्रालयले स्वीकृति दिनेबित्तिकै काम सुरु गर्ने बताउनुभयो । (रासस)