३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा पाँच बालबालिकाको मृत्यु



अ+ अ-

मुम्बाई, १८ मंसिर । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बिहीबार यात्रुबाहक रेल र विद्यालयको बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा पाँच बालबालिकाको मृत्यु भएको समाचार छ । सो दुर्घटनामा विद्यालयका बस चालकसहित १७ बालबालिका घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

बिहीबार बिहान रेलमार्गमा सो दुर्घटना भएको जनाइएको छ । उक्त दुर्घटनामा विद्यालयका पाँच बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । चालक र घाइते बालबालिकालाई उपचारार्थ अस्पताल लगिएको छ । यस घटनामा घाइते भएका केही बालबालिका अवस्था गम्भीर भएको पनि समाचारमा बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विद्यालयको बसमा २० भन्दा बढी प्राथमिक विद्यालयका बालबालिका रहेका थिए । भारतमा विश्वकै तुलना सडक दुर्घटना बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइन्छ । सरकारी तथ्याङ्कअनुसार गत वर्ष पनि भारतमा भएका सडक दुर्घटनामा एक लाख ६६ हजार ५०६ व्यक्तिको मृत्यु भएको थियो ।