५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यात्म रामायण र भानुभक्तीय रामायणको तुलनात्मक अध्ययन प्रकाशित



अ+ अ-

नेपाल प्रज्ञा–प्रतिष्ठानले रामचन्द्र पौडेलद्वारा लिखित ‘संस्कृत अध्यात्म रामायण र भानुभक्तीय रामायणको तुलनात्मक अध्ययन’शीर्षक कृति हिन्दी भाषामा प्रकाशन गरेको छ । प्रज्ञा–प्रतिष्ठानको अनुसन्धानात्मक कार्यअन्तर्गतको सो कृति यहाँस्थित भारतीय दूतावासको सहयोगमा प्रकाशन गरिएको सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए ।

प्रज्ञा–प्रतिष्ठान परिसरमै भारतीय दूतावासको करिब रु पाँच करोडको सहयोगमा निर्माण सम्पन्न हुन लागेको पुस्तकालयको व्यवस्थित सञ्चालनका लागि समिति निर्माण गर्ने र छिट्टै पुस्तकालयसम्बन्धी गोष्ठी गरिने जनाइएको छ ।

यस्तै प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा यही आगामी पुस २ गते चिनियाँ लेखक संस्थाको एक प्रतिनिधिमण्डल पाँच दिनका लागि यहाँ आउने र प्राज्ञ–लेखकसँग भेटघाट र अन्तक्र्रिया गर्ने तथा भक्तपुर, ललितपुर र लुम्बिनी भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।