२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका पूर्व सुरक्षाप्रमुख पक्राउ



अ+ अ-

बेइजिङ, २० मंसिर । चिनियाँ कम्युनिस्ट पार्टीले पूर्व सुरक्षाप्रमुख झाउ योङकाङलाई पक्राउ गर्ने र बर्खास्त गर्ने निर्णय गरेको छ र यसलाई पर्यवेक्षकहरूले राष्ट्रपति सी जिनपिङको शक्ति सुदृढीकरणको रूपमा हेरेका छन् ।

झाउले चीनको सबैभन्दा शक्तिशाली पोलिटब्युरो स्थायी समिति (पीएससी) बाट सन् २०१२ मा अवकाश प्राप्त गरेका थिए । उनलाई हाल घुस लिएको तथा राज्यको गोप्य कुरा चुहाएको आरोपमा न्यायिक अनुसन्धान राखिएको जानकारी सिन्हवा समाचार संस्थाले दिएको छ ।

चीनमा सन् १९८० मा संस्थापक नेता माओ जेदोङका विधवासहित चार व्यक्तिको समूह ‘ग्याङ अफ फोर’लाई अनुसन्धानका लागि पक्राउ गरिएपछि कम्युनिस्ट पार्टीका सबैभन्दा वरिष्ठ व्यक्तिमाथि अनुसन्धान गर्न खोजिएका झाउ पहिलो व्यक्ति हुन् ।

फोर्डहाम ल स्कुलका चिनियाँ कानुनसम्बन्धी विशेषज्ञ कार्ल मिन्जनरले चिनियाँ पार्टीका सबैभन्दा माथिल्ला पदमा रहेका नेताहरूलाई पदमुक्त भएपछि उनीहरूमाथि कारबाही नचलाउने लामो समयसम्म चलेको आन्तरिक मान्यता तोडिएको जस्तो देखिएको बताएका छन् ।




भर्खरै