६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिद्रोहीको आक्रमणमा पाँच प्रहरी मारिए



अ+ अ-

अफगानिस्तान, २१ मंसिर । दक्षिण अफगानिस्तानको हेलमान्ड प्रान्तमाअवस्थित एक सुरक्षा जाँच चौकीमा तालिवानी बिद्रोहीकोले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । गएराति भएको सो आक्रमणमा पाँच प्रहरी र एक बिद्रोहीकोको मृत्यु भएको आइतबार प्रहरी स्रोतले जानकारी दिएको छ ।

मार्जा जिल्लाको ट्रिख नवार इलाकामा रहेको प्रहरीचौकीमा मध्यरातमा अज्ञात सङ्ख्यामा आएका तालिवान बिद्रोहीको र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा पाँच प्रहरी र एक बिद्रोहीकोको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख मेहेर दिलले बताए ।

अफगानिस्तानको राजधानी काबुलदेखि ५५५ किलोमिटर दक्षिणमा पर्ने हेलमान्ड प्रान्तमा भएको यस आक्रमणमा अन्य कयौ आतङ्ककारी घाइते भएका जनाइएको छ । यस वर्षको अन्त्यसम्ममा अफगानिस्तानमा रहेका नेटोसँगआवद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।

अफगानिस्तानमा सन् २०१० एक ३० हजार नेटो सैनिक रहेका हाल आएर सो सङ्ख्या ३४ हजारमा झरेको छ । त्यसमध्ये पनि करिब २४ हजार अमेरिकी सैनिक रहेका छन् । आगामी वर्ष पनि १० हजार भन्दा बढी नेटो सैनिक अफगानिस्तानमा बाँकी रहने अफगानिस्तान र अमेरिकाबीच भएको सुरक्षा सम्भौतामा हस्ताक्षर भएको छ । पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।