१५ आश्विन २०८१, मंगलवार
,
Latest
होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौं: राष्ट्रबैंक ललितपुरमा वर्षाजन्य विपद्: थप छ जनाको शव भेटियो मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्युटी सकिएको भन्दै पाइलटले बिमान बिचमै छाडेपछि…



अ+ अ-

काठमाडौं । रुकुमको चौरजहारीका लागि काठमाडौंबाट उडेको ट्विन अटरका पाइलटले ड्युटी सकिएको भन्दै बिमान बिचमा नै छाडेका छन् । सोमबार दिउसो रुकुमको चौरजहारी उडेको बिमानका पाइलट पेम्बा शेर्पाले नेपालगञ्जको आकाशमा पुग्दा ड्युटी सकिएको भन्दै रुकुम नगइ नेपालगञ्जमा बिमानस्थलमा बिमान अवतरण गराए ।

काठमाडौबाट दिउसो ३ बजे आठ यात्रु लिएर गएको बिमान कुनै प्राबिधिक समस्या बिना पाइलटको सनकका भरमा नेपालगञ्ज बिमानस्थलमा अवतरण भएको थियो । तारा एयर हुँदै चार वर्ष अघि नेपाल बायूसेवा निगमको बिमान उडाउन थालेका शेर्पाले गरेको कार्य बारे नेपाल वायूसेवा निगमले छानबिन थालेको छ ।

नेपालगञ्जमा पुगेका यात्रुलाई निगमले होटलमा बस्ने व्यवस्था मिलाउदै मंगलबार बिहाननेपालगञ्जबाट रुकुम पुयाइएको छ ।