६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाती आक्रमणको संयुक्त राष्ट्रद्धारा गहिरो चिन्ता



अ+ अ-

संयु्क्त राष्ट्रसंघ, २६ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको दुई वटा आत्मघाती बम आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा गहिरो चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदद्वारा एक विज्ञप्ति प्रकाशित गरी यस आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।
सो आक्रमणहरुमा एक विदेशी नागरिक र ६ अफगान सैनिकको मृत्यु भएको थियो । पहिलो आक्रमण बिहीबार बिहान स्थानीय समयानुसार ७ः१५ बजे काबुलको बाहिरी इलाकामा पर्ने ताङ्गी तराखील क्षेत्रमा अफगान सैनिकलाई लिएर गइरहेको एक बसलाई लक्षितगरी भएको थियो । सो आक्रमणमा ६ सैनिकको मृत्यु भएको थियो ।
त्यसैगरी बिहीबार अपराह्नमा भएको अर्को आत्मघाती आक्रमण फ्रान्सको सहयोगार्थ सञ्चालनमा रहेको एक माध्यामिक विद्यालयलाई लक्षितगरी भएको थियो ।
अफगान सैनिकको एक बस लक्षित आक्रमणको केही घण्टापछाडी नै इस्तिक्लाल विद्यालयमा भएको उक्त आक्रमणमा एक विदेशी नागरिकको मृत्यु हुनुको साथै अन्य सातजना घाइते भएका थिए ।
तालिवान आतङ्ककारी समूहका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले यी आक्रमणहरुको जिम्मा तालिवान समूहले लिएको सञ्चारमाध्यमलाई जानकारी दिएका थिए । आगामी डिसेम्बर ३१ बाट नेटो सैनिकले आफ्नो लडाकूको भूमिकालाई परिवर्तन गरी सहयोगको भूमिका निभाउने भएको छ ।
त्यसैगरी अफगानिस्तानमा तालिवान आतङ्ककारीसँगको लडाइँमा सन् २०१० मा एक लाख ३० हजार सैनिक रहेकामा सो सङ्ख्या झरेर १२ हजार ५०० मा आउने भएको छ । अर्थात् यसै महिनाको अन्त्यबाट अफगानिस्तानमा रहेका नेटो आवद्ध प्रायः सैनिकले अफगानिस्तान छोड्ने छन् ।
सन् २०१५ बाट नेटो आबद्ध १२ हजार ५०० सैनिक मात्र अफगानिस्तानमा बाँकी रहने भएका छन् । ती नेटो सैनिकले पनि अफगान सैनिकलाई तालिम, सल्लाह जस्ता कार्यमा मात्र सहयोग गर्ने छ । सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ । पछिल्लो समयमा तालिवानले पनि अफगानिस्तानका विभिन्न स्थानमा अफगान र विदेशी सुरक्षाकर्मी र सरकारी अधिकारीलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।