२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण चल्यो ‘श्री ५ अम्बरे’



अ+ अ-

हुन त दीपा बस्नेतले निर्देशन गरेको पहिलो चलचित्र अन्तरालले नै धेरैको वाहवाही पाएको थियो । तर बिडम्बना त्यहि सबैले राम्रो भनेको चलचित्र अन्तरालले निर्माताको लगानी सुरक्षीत गर्न सकेन । राम्रा भनिएका सबै चलचित्रले लगानी उठाएका छैनन् भन्ने उदाहरणको रुपमा अन्तराल, झोला, महशुस लगायतका चलचित्रलाई लिन सकिन्छ । पब्लीसिटी र बितरण प्रणाली राम्रो हुन नसकेको कारण सबै राम्रा चलचित्रले राम्रो कमाई गर्न नसकेको भन्दै निर्देशक यादवकुमार भट्टराईले आफ्नो चलचित्र झोलाले पाएका अवार्डहरु लिन अश्वीकार गर्दै आएका छन् । दीपालाई पनि यस्तै चिन्ता थियो कि सबै राम्रा चलचित्र चलेका छैनन् । राम्रो हुँदाहुँदै पनि अन्तराल जस्तै ‘श्री ५ अम्बरे’ पनि निर्माताको लगानी सुरक्षित गरेनभने के होला ? तर दीपा लगायत अम्बरे टिम यतिबेला खुसी छ, किनभने चलचित्रले चर्चा सँगै व्यापार पनि राम्रो गर्न सफल भयो ।


गोपी कृष्ण, गुण सिनेमा लगायतका हलहरुमा चौंथो हप्तामा प्रदर्शन भैरहेको चलचित्र श्री ५ अम्बरेले दुई करोड माथिको कलेक्शन गर्न सफल भएको छ । अष्टेलिया, अमेरिका रयूरोपका बिभिन्न मुलुकहरुमा पनि प्रदर्शनको तयारीमा रहेको यो चलचित्र सडक बालबालीकाको दैनिक जिवनयापनमा आधारित छ । सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंहको मुख्य भूमिका रहेको यस चलचित्रमा छोटो समयमा युवापुस्ता माझ लोकप्रिय तथा सामाजिक सञ्जाल फेसबुक र युटुयुबमा धेरै फ्यान जम्मा गर्न सफल र्यापर गायक यमो बुद्ध र नायीका प्रियंका कार्की अतिथी कलाकारको रुपमा रहेका छन् ।

यसकारण चल्यो अम्बरे :

फरक धारका चलचित्र निर्देशनमा दीपाले अर्को छलाङ मारेकी छिन् अम्बरेबाट । कलाकार छनौट नै अडिशन मार्फत गरेदेखि नै अम्बरे चर्चामा थियो । यसको सफलताको मुख्य श्रेय नै कलाकार छनौटलाई जान्छ । चलचित्रका सबै कलाकार जिबन्त लाग्छन् । तपाई हामीले देख्दै आएका सडक बालबालीका नै चलचित्रका कलाकार हुने की भनेर झुक्कीने धेरै छन् । केकी र सौगात परिचित अनुहार भएकोले उनीहरु बाहेकका कलाकारले पहिलो चलचित्र बाटै निक्कै प्रशंशा पाएका छन् ।

चलचित्र सफल हुनुको अर्को कारण हो बिषयबस्तु । नेपाली दर्शकहरुको रोजाई फरक बिषयबस्तु हो भन्ने कुरा अम्बरेको सफलताबाट पनि प्रष्ट भएको छ । फरक बिषय बस्तु भएकै कारण औसत चलचित्र हुदाहुँदै पनि चलचित्र लुट र चप्पली हाईटले दर्शकको अपार साथ पाए । यस्तै अम्बरेले उठान गरेको बिषयबस्तु पनि नेपाली चलचित्रको लागि नयाँ थियो । सडक बालबालीकाको प्रसंग बिभिन्न चलचित्रमा उठे पनि यसकै सेरोफेरोमा पुरै चलचित्र केन्द्रित भएकोले दर्शकले फरक स्वादको रुपमा ग्रहण गरे ।

चलचित्र चल्नुको अर्को कारण यमो बुद्ध पनि हुन् । नेपालमा सामाजिक संञ्जालमा सबैभन्दा लोकपृय पात्र हुन् र्यापर गायक यमो बुद्ध । युवा पुस्तामा लोकपृय यी गायकको पनि सहभागिताले पनि उनका प्रशंशकको पनि साथ पायो अम्बरेले । यसरी युवा, केटाकेटी, प्रौंढर बुढापाका सबैको ध्यान खिच्न सक्ने निर्देशक तथा निर्माण यूनिटको क्षमताले चलचित्र श्री ५ अम्बरेले दर्शक, व्यवसायी तथा चलचित्र समिक्षक सबैको साथ पाएको कुरामा दुईमत नहोला ।

हेर्नुहोस् चलचित्रको ट्रेलर :