१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शकको मन जित्दै ‘डिग्री माइला’



अ+ अ-

नेपालमा बर्सेनि १७ हजारले स्नातकोत्तरको अध्ययन सिध्याउँछन् तर कतिले त्यसलाई जीवनमा उतार्छन् त ? सायद यो प्रश्न अनुत्तरित होला । यस्तै कथा र व्यथा बोकेको एक युवकको कथा हो ‘डिग्री माइला’ नाटक । अहिलेसम्म गरी अनामनगरस्थित मण्डला नाट्यघरमा यो तीनपटक प्रदर्शनीमा आइसकेको छ । पहिलोपटक २०६८ साल फागुनमा र दोस्रोपटक २०७० मङ्सिर मञ्चन भए । तेस्रोपटक यही मङ्सिर २० गतेदेखि मण्डलामा मञ्चन भइरहेको छ । पुस ६ गतेसम्म चल्ने यो नाटकले यतिबेला दर्शकको मन जितिरहेको छ ।

नाटकको मुख्य पात्रका रुपमा रहेका डिग्री माइला, जो स्नातकोत्तर तहको अध्ययन सम्पन गरेर पनि त्यसलाई उपयोग नगरी बस्ने, सबैलाई सपना देखाउने र सपनालाई व्यवहारमा गति दिने बेलामा हराइदिने मान्छेका रुपमा देखिन्छ ।

गाउँको एउटा निर्धारित ढिस्कोमा जम्मा हुने, दुःखसुख र मजाकका कुरा गर्ने, योजनाहरु बुन्ने नाटकको पात्रहरुको एउटा बिम्ब हो । नाटकको पात्र ‘सपना’ सपना बुन्दिनन् तर स्वेटर भने जुनै बेला पनि बुनिरहेको भेटिन्छे । डिग्री माइलाले गाउँलाई विकासको बाटोमा लैजाने र सबैलाई सुखी बनाउने सपना देखाउँछ तर नाटकको अन्तिममा उसको मृत्यु हुन्छ ।

आफैँ चलचित्र तथा नाटकका कलाकारसमेत रहेका निर्देशक दयाहाङ राईले समाजमा आफूले देखे भोगेका कथालाई नाटकमा समेटेको बताउछन् । नाटकमा डिग्री माइलाका रुपमा प्रदीपकुमार चौधरी देखिएका छन् । सपनाको भूमिकामा सिर्जना सुब्बा रहेकी छिन् भने अन्य कलाकारमा आर्जेश रेग्मी, आयुषा राई, दिलबन्धु यादव, सुलक्षण भारती, वाल्मिकी पोखरेल, मोहम्मद नाजिर हुुसेन, विकास जोशी, उमेश तामाङ, सोमनाथ खनाल, बुद्धि तामाङ, जुनु विष्ट र विजय बराल रहेका छन् ।