१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगको पहिलो चरणका खेलहरु सम्पन्न



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । 

सोमबार मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएका हुन् ।

पहिलो चरणका ७ खेल सकिदा चार टोलीले स्पष्ट जित निकाल्दै ३ अंक जोड्न सफल रहे । यस्तै ६ टोलीले एक अंक जोड्दा चार टोली भने पहिलो चरणमा अंक जोड्न सकेनन् ।

पहिलो चरण सकिँदा थ्री स्टार ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै ब्रिगेड ब्वाइज ३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने मछिन्द्र समान ३ अंकसहित तेस्रो स्थानमा रहँदा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी चौंथो स्थानमा रहेको छ ।

तालिकाको पाँचौं स्थानमा हिमालयन शेर्पा रहेको छ । समान १ अंक जोडेको त्रिभुवन आर्मी क्लब छैटौँ स्थानमा रहेको छ ।

यसैगरी तालिकाको सातौं स्थानमा नेपाल पुलिस रहँदा हिमालयन शेर्पासँग बराबरी खेल्दै अंक बाँडेको संकटा आठौं स्थानमा रहेको छ । 

यस्तै फ्रेन्ड्स नवौं, सातदोबाटो दशौं, एपीएफ एघारौंमा रहँदा एनआरटी, जावलाखेल र च्यासल क्रमश बाह्रौं, तेह्रौं र चौधौं स्थानमा रहेका छन् । 

मछिन्द्रका सुनिल बल र ब्रिगेड ब्वाइजका दिनेश राईले दुई/दुई गोल गरेका छन् ।

अब दोस्रो चरणको खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।