२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो विश्वयुद्धको ७० औं वर्षगाँठ मनाउँदै जापान र कोरिया



अ+ अ-

काडमाडौं, साउन ३०÷ जापान र कोरियाले दोस्रो विश्वयुद्धको ७०औं वर्षगाँठ मनाएको छ । दोस्रो विश्वयुद्धमा पराजित भएसँगै जापानले कोरियामाथि ३५ वर्षदेखिको आफ्नो नियन्त्रण गुमाएको थियो भने कोरियाली जनताले स्वतन्त्रता पाएका थिए ।

युद्धको सम्झना गर्ने क्रममा जापानी प्रधानमन्त्रीले दोस्रो विश्वयुद्धमा आफ्नो देशको भूमिकाप्रति दुःख व्यक्त गरेका छन् भने कोरियाली जनताले स्वतन्त्रता पाएकामा खुशी मनाएका छन् । आफ्नो देशको भूमिकाप्रति अफशोच जनाउँदै प्रधानमन्त्री शिन्जो आबेले जापानका भावी पिँढीले माफी माग्नुपर्ने कुनै काम नगर्ने उल्लेख गरे । आबेले जापानले अब कहिल्यै युद्धमा विश्वास नगर्ने प्रतिवद्धता पनि जनाए । दोस्रो विश्वयुद्धमा चीन, कोरियासहितका एशियाली मुलुकमा जापानीका तर्फबाट अत्याचार भएको आरोप लाग्दै आएको छ । उता दक्षिण कोरियामा पनि विश्वयुद्धमा पाएको पीडाका साथै मुलुकले पाएको स्वतन्त्रताको सम्झनामा कार्यक्रम गरिँदै छ । सन् १९३९ को सेप्टेम्बर १ बाट शुरु भई १९४५ को सेप्टेम्बर २ मा अन्त्य भएको ६ वर्ष १ दिनको विश्वयुद्धको क्रममा ७३ करोडभन्दा बढी मानिस मारिएका थिए ।

युद्धमा एक्सिस समूहमा जापान, जर्मनी, इटालीलगायत तथा एलाइड समूहमा सोभियत रुस, चीन, बेलायत, अमेरिकालगायत मुलुक संलग्न थिए । युद्धमा एलाइड समूहले एस्किस समूहलाई हराएको थियो ।