९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा बालबालिकाको अद्र्धनग्न जुलुस



अ+ अ-

जुम्ला, साउन ३०÷ विशेष अधिकारसहितको कर्णाली राज्यको माग गर्दै जुम्लाका बालबालिकाहरुले अद्र्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।
जुम्ला सदरमुकाम खलङ्गामा शनिवार १ देखि १६ वर्षसम्मका सयांै बालबालिका सडकमा अद्र्धनग्न रुपमा विरोध प्रदर्शनमा सहभागी भएका थिए । बालबालिकाले ‘हाम्रो भविश्य अन्धकार छ, सरकारले सर्वश्व लुटेको छ’ जस्ता नारा लगाएका थिए । उनीहरुले विरोधमा कालो चस्मा लगाएका थिए । बन्दका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । संघीय संरचनामा कर्णालीलाई सुदूरपश्चिममा मिसाएको भन्दै सात दिनदेखि कर्णालीका विभिन्न जिल्लामा विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै प्रर्दशन जारी छ । प्रदर्शनमा जुम्लाको एक नगरपालिकाका र २६ वटा गाविसको गाउँ–गाउँबाट सर्वसाधारण सडकमा उत्रिएका छन् । कर्णाली अञ्चलका हुम्ला, मुग, कालिकोट र डोल्पामा पनि बन्द कायमै छ ।