९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया सञ्चालक संस्थाबीच एकता, अध्यक्षमा सिरोहिया



अ+ अ-

काडमाडौं साउन ३२ ÷ नेपालका निजी क्षेत्रका राष्ट्रिय मिडियाका सञ्चालकहरु कान्तिपुर पब्लिकेशनका कैलाश सिरोहियाको नेतृत्वमा एकताबद्ध भएका छन् ।

छापा माध्यमका सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र टेलिभिजन ब्रोडकाष्टर्स नेपालबीच शनिवार सम्पन्न दुबै संस्थाको संयुक्त कार्यसमिति बैठक र भेलाले ब्रोडसिट राष्ट्रिय दैनिक तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्थाहरूको बृहत्तर व्यावसायिक हकहितका लागि साझा संस्थाको रूपमा एकताको निर्णय गर्दै ‘मिडिया सोसाइटी, नेपाल’ बनाएको हो ।

सोसाइटीको उपाध्यक्षमा एभिन्यूज टेलिभिजनका भाष्करराज राजकर्णिकार र माउण्टेन टेलिभिजनका राजु क“डेल, महासचिवमा एबीसी टेलिभिजनका शुभशङ्कर क“डेल, सचिव आर्थिक अभियान दैनिकका मदन लम्साल र कारोबार दैनिकका शिशिर भट्ट कोषाध्यक्ष चयन भएका छन् । १४ जना सदस्यमा भने टेलिभिजनका ९ र पत्रिकाका ५ जना रहेका छन् (विस्तृत हेर्नुस् विज्ञप्ती) ।

सोसाइटीले छिटै नै संकटग्रस्त अवस्था झेल्न बाध्य नेपालको मिडिया क्षेत्रको सुधार तथा व्यवस्थित गर्नका लागि सरकारसंग छलफल गर्ने निर्णय भएको छ । राज्यको चौथो अंगको रुमपा रहेको मिडिया उद्योगलाई राज्यले विशेष उद्योगको रुपमा मान्यतापसमेत प्रदान गरी सोही अनुसारको व्यवहार गर्नसमेत सरकारसंग जोडदार माग गरेको अध्यक्ष कैलाश सिरोहियाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।