२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौँ, ४ भदौ । दक्षिण अफ्रिकामा रोजगारीका लागि पठाउने भनी ४६ लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । 

विभिन्न नक्कली कागजजात बनाई रोजगारी लगाइदिन्छु भनी कालिमाटीस्थित एक्प्रेस इन्ट्री एजुकेशन वल्र्डका सञ्चालक साधना बस्नेत र राजकुमार रञ्जीत पक्राउ परेका हुन् ।

प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले ११ जना व्यक्तिलाई ठगेका आधारमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी परेपछि अनुसन्धानका क्रममा पक्राउ परेका हुन् ।

यसअघि प्रहरीले भदौ १ गते २३ कन्सलटेन्सीमा छापा मारी सञ्चालकलाई नियन्त्रणमा राखी अनुसन्धान बढाएको छ । प्रहरीले कन्सलटेन्सीको नाममा ठगी गर्ने १२ जनालाई आवश्यक कारबाहीसमेत गरेको महाशाखाले जनाएको छ ।

यीमध्ये अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा एक जना, सिंहदरबार वृत्तमा दुई जना र कालीमाटी वृत्तमा नौ जनालाई पठाएकोे छ ।

पक्राउ पर्ने कन्सल्टेन्सीमा एक्प्रेस इन्ट्री एजुकेशन वल्र्ड कालिमाटी, गुडवेल धोबीधारा, ओसिस जापानीज ल्याङ्गोइज कालिमाटी, ब्लू स्काई थापाथली, ग्लोबेड कलङ्की, वल्र्ड वाइड थापाथली, सिन्जिसु एजुकेशन कलङ्की, एलिस इन्टरनेसनल कलङ्की, स्काइलर एजुकेशन कालिमाटी र पिआइटी एजुकेशन कालिमाटी रहेका छन् । रासस

 




भर्खरै