११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री विक्रमासिंघेलाई सिङ्गापुरको बधाई



अ+ अ-

सिङ्गापुर, भदौ ४ । सिङ्गापुरका प्रधानमन्त्री लि सिङ लुङले एक सन्देश पठाई श्रीलङ्काका युनाइटेड नेसनल फ्रन्ट (यूएनएफ) का नेता रनिल विक्रमासिंघे श्रीलङ्काका नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको च्यानल न्युज एसियाले शुक्रबार बताएको छ ।

सिङ्गापुरका प्रधानमन्त्री लिले श्रीलङ्काली विक्रमासिंघेलाई आफ्नो सन्देशमा श्रीलङ्काली प्रधानमन्त्री सिंघेको नयाँ कार्यकाल समृद्ध श्रीलङ्का बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको उक्त च्यानलले जनाएको छ ।

श्रीलङ्काली जनताले विक्रमासिंघेलाई प्रधानमन्त्रीका रूपमा निर्वाचित गर्नुले श्रीलङ्काका जनता शान्ति, प्रजातन्त्र र समृद्ध श्रीलङ्काको पक्षमा उभिएको पुष्टि भएको प्रधानमन्त्री लिले बताउनुभयो ।

त्यस्तै, सिङ्गापुरका पूर्व मन्त्री घो चोक तोङले पनि एक पत्र लेख्दै श्रीलङ्काली जनताको नयाँ सङ्कल्प राष्ट्रको पुनःनिर्माण तथा मेलमिलाप प्रयासका लागि कोशेढुङ्गा साबित हुने बताउनुभएको छ ।

श्रीलङ्काको यूएनएफका नेता रनिल विक्रमासिंघे श्रीलङ्काको नयाँ प्रधानमन्त्रीका रूपमा शुक्रबार राष्ट्रका नाममा सपथ लिनुभएको हो । यससँगै उहाँ श्रीलङ्काका प्रधानमन्त्रीको रूपमा चौँथो पटक निर्वाचित हुनुभएको हो । रासस/सिन्ह्वा