२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

चित्लाङको आकर्षणः बाख्राको चिज र आरुबखडाको वाइन

चित्लाङको आकर्षणः बाख्राको चिज र आरुबखडाको वाइन
अ अ+ अ-

राजाराम कार्की

फाइल फोटो

काठमाडौँ, भदौ ५ । गाईभैँसीको दूध बिक्री हुन्छ र गरिन्छ भन्ने जो कोहीलाई पनि थाहा छ । तर बाख्राको दूध पनि बिक्री हुन्छ भन्ने विषय सबैको जानकारीमा नहुन सक्छ तर बाख्राको दूध र चिज बिक्री गरेर अशोककुमार सिंह ठकुरी लखपति बनेका छन् ।

पहिले पहिले धार्मिक आवश्यकता पूरा गर्नका लागि मात्र बाख्रा पालिने प्रचलन थियो । तर हिजोआज आर्थिक उपार्जनको प्रमुख मेरुदण्ड बनेको बाख्रापालन व्यावसायिक बन्दै गएको छ ।

ठकुरी मकवानपुर, चित्लाङ निवासी हुन् । २०५९ सालमा फ्रान्समा पुगी बाख्रापालन तालिम लिएका थिए उनले । दुई लाख ५० हजार रुपैयाँको जागिर पेरिसमा तिरस्कार गरी स्वदेश फर्केका ठकुरीको चित्लाङमा बाख्रा फार्म छ । उनको बाख्रा फार्ममा अहिले लगभग १५० विभिन्न जातका बाख्रा छन् ।

बेल्जियममा लामो समय बसेका ठकुरी बेल्जियमबाट फर्केपछि मात्र फ्रान्स पुगेका हुन् । लामो समय बेल्जियममा काम गरेका ठकुरीले अन्ततः चित्लाङमा नेपालकै पहिलो निजीस्तरबाट बाख्राको दूधबाट बनाइने चिज कारखाना स्थापना गरे । फलस्वरुप उनले फ्रान्स र बेल्जियममा चिज आपूर्ति गरी नेपालको इज्जत र गौरवलाई चिनाएका छन् । बेल्जियमकै साथीहरुबाट बाख्राको चिज धेरै माग भएको छ ।

बाख्राको दूधबाट निर्माण गरिने चिज मागअनुसार आपूर्ति गर्न नसकिएकामा उनी दुःखी छन् । उनले चिज काठमाडौँका ठूला–ठूला होटलमा बिक्री वितरण गर्ने गरेका छन् । त्यसका अलावा पोखराबाट समेत माग आएको तर पूरा गर्न नसकेको प्रति ठकुरी दुःखी छन् ।

चार लिटर दूधबाट एक किलो चिज बनाउन सकिन्छ । उनले दूध प्रतिलिटर २०० रुपैयाँमा र कडा चिज प्रतिकिलो दुई हजार ५०० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । ठकुरीले आफ्नो चिज कारखानामा नरम चिजसमेत उत्पादन गर्दछन् । नरम चिज भने प्रतिकिलो एक हजार ५०० रुपैयाँदेखि दुई हजार रुपैयाँ किलोमा बिक्री गर्ने गरेका छन् ।

बाख्रापालन व्यवसायमा सातजना व्यक्तिलाई रोजगारी दिएका छन् ठकुरीले । प्रतिमहिना करिब तीन लाख आम्दानी गर्ने गरेका ठकुरीका छोरा नाथम कलेजमा होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका छन् । ठकुरीले चित्लाङमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याएका छन् ।

ठकुरीको नेतृत्वमा सञ्चालनमा आएको होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकलाई बाख्राको दूध, चिज र आलुबखडाको वाइन खुवाएर स्वागत गर्ने प्रचलन छ ।

मकवानपुर जिल्लाको आकर्षित पर्यटकीयस्थल चित्लाङ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको जिविस मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए । हाल जिविस मकवानपुरले चित्लाङको आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा विशेष प्राथमिक क्षेत्र तोकेको छ ।

होमस्टे सञ्चालन गर्ने चाहना ठकुरीको रहर थिएन । बाध्यता हो भन्छन्–बाख्रा विकास फार्म चित्लाङ, मकवानपुरका प्रमुख मेघराज ढकाल । कर्म गर्दै गएपछि क्रमशः फल विस्तारै लाग्दै जाँदोरहेछ भन्ने उदाहरणको प्रतिमूर्ति बनेका छन् अहिले ठकुरी । बेल्जियम, फ्रान्स, अस्ट्रेलियालगायत अन्य केही युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज औधी मनपराइदिएकाले आफू लखपति बनेको उनले सुनाए ।

बाख्राको चिज नियमित खानाले पायल्स आजीवन नहुने र क्यान्सर रोगसँग लड्न सक्ने क्षमता ९० प्रतिशतमाथि हुने भएकाले स्वास्थ्यका लागि श्रेयस्कर मानिएको हो ।

ठकुरीले सानन जातको बाख्राको दूध र चिज बनाई बिक्री वितरण गरेका छन् । युरोपमा सानन जातका बाख्राको चिज खोजी खोजी खाने प्रचलन रहेको बुझिन्छ । नेपालमा भारतको हरियाणा हँुदै सानन जातको बाख्रा भित्रिएको इतिहास पाइन्छ । सानन जातको बाख्राले लामो समयसम्म दूध दिने र दूधको पोषक तत्व थप गुणस्तरीय भएको विज्ञहरुको दाबी छ ।

दूधमा औसत ३ दशमलव ५५ प्रतिशत चिल्लो पदार्थ पाइन्छ । साथै साननको मासु नरम र पोषिलो भएको अनुमान छ । यस जातको बाख्राको शारीरिक तौल औसत ६५ किलो र बोकाको शारीरिक तौल ९५ किलोसम्म हुने गरेको छ । हालको आँकडामा पाठापाठीलाई पु-याएर प्रतिदिन एक बाख्राले ४०० एमएलदेखि एक हजार ५०० एमएलसम्म दूध दिने गरेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ । रासस