२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

असुरक्षित गर्भपतनले मृत्युसँग लडिरहेकी छन् सुनिता

असुरक्षित गर्भपतनले मृत्युसँग लडिरहेकी छन् सुनिता
अ अ+ अ-

खोटाङ, भदौ ५ । प्रेम र त्यसपछिको आनन्दले मृत्युको संघारमा पुर्‍याउँछ भन्ने थाहा थिएन बुइपा–४की १५ वर्षीया सुनिता राईलाई ।

महेन्द्रोद्धय उच्च मावि हलेसीस्थित कक्षा ८ मा अध्ययरत सुनिता मंगलटार–९ का १९ वर्षीय दीपेन्द्र राईसँग प्रेम बन्धनमा गाँसिएपछि यतिखेर जिल्ला अस्पताल खोटाङको श्ययामा मृत्युसँग लडिरहेकी छन् ।

दीपेन्द्रसँग प्रेम सम्बन्ध बसेपछि सुनिता गर्भवती भइन् । त्यसपछि आफ्नो पेटमा हुर्कदै गरेको करिब तीन महिनाको गर्भ खोल्न प्रेमी दीपेन्द्रले आग्रह गरे । सँगै मर्ने र सँगै बाँच्ने बाचा गरेको प्रेमीको आग्रहलाई अस्वीकार गर्न नसकेर सुनिताले प्रेमीले दिएको गर्भ फाल्ने औषधि खाइन् ।

औषधि खाएपछि अत्यधिक रक्तस्राव भयो र त्यसैले सुनिता मृत्युसँग लडिरहेकी हुन् । गत साउन ३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अवस्था गम्भीर रहेको अस्पतालका प्रमुख चिकित्सक माधवप्रसाद लम्सालले बताए ।

चिकित्सक लम्सालका अनुसार अत्यधिक रक्तस्रावका कारण सुनिताको दुबै मिर्गौलाले काम गर्न छाडेको छ । भर्ना भएको चार दिनपछि अस्पतालले थप उपचारका लागि पठाएपनि उडान अवरुद्ध र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सुविधा सम्पन्न ठाउँमा उपचारमा लैजान सकेका छैनन् ।

सुनितालाई माया जालमा फसाएर गर्भ फाल्ने औषधि खुवाउने दीपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । दीपेन्द्रलाई कारबाही गर्नुको साटो सुनिताको उपचारमा भएको सम्पूर्ण खर्च बेहोराउने पक्षमा सुनिताको आफन्त लागिपरेका छन् ।

सुनिताका काका हिमाल राईका अनुसार आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च खेपाउनुका साथै सुनितालाई जिम्मा लगाउने तयारी गरिएको छ ।

पक्राउ परेका दीपेन्द्रले सुनिताको उपचार खर्च बेहोर्नुका साथै विवाह गर्ने बताएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

‘सुनिताको कम उमेर भएकाले सहमतिमा गर्भपतन गर्ने औषधि खुवाएको दीपेन्द्रले स्वीकारेका छन्, त्यसैले पीडित सुनिताको आफन्तको कुरा बुझेर कारबाही अगाडि बढाइनेछ’–उनले भने ।

त्यसो त जिल्लामा भएको यो प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय जिल्लामा यस्ता थुप्रै घटना भएका छन् । गाउँमा गर्भपतनका लागि औषधि सेवन गर्ने र पार नलागेपछि जिल्ला अस्पताल आउने गरेको प्रमुख चिकित्सक लम्सालको भनाइ छ ।

‘गाउँमा गर्भपतनका लागि जाथाभावी औषधि सेवन गर्ने र पार नलागेपछि अस्पताल आउनेको संख्या मासिक पाँच/६जना हुन्छ’–लम्सालले भने–‘अस्पतालमा वैधानिक तवरले सुरक्षित गर्भपतन गर्ने सुविधा हुँदाहुँदै जथाभावी गर्भपतन गराउनाले ज्यान जोखिममा परेको छ ।’

‘अस्पतालमा गोपनीयता नहुने भन्ने भ्रम छ, त्यो निराधार हो, यसका लागि गाउँगाउँमा सूचना दिनु जरुरी छ’–उनले अगाडि थपे ।

अस्पताल स्रोतका अनुसार पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको पाइएको छ । गत आर्थिक वर्ष २०७१/७२ मा मात्रै १२९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स उर्मिला राईले बताइन् ।

अस्पतालमा भन्दा बाहिरी क्लिनिकमा गर्भपतन गराउनेको सङ्ख्या दोब्बर रहेको स्रोतको दाबी छ । यसमा स्वास्थ्यकर्मीकै मिलेमतोमा अनधिकृत क्लिनिकमा गर्भपतन हुने गरेको जनाइएको छ ।

स्रोतका अनुसार निजी क्लिनिक सञ्चालकले एकपटक गर्भपतन गरिदिएबापत रु ५० हजारसम्ममा लिएको तथ्य खुलेको छ । जिल्लामा १९ वटा निजी क्लिनिक सञ्चालनमा छन् । प्रत्येक क्लिनिकबाट प्रतिदिन पाँच/६ वटा गर्भ रहन नदिने इकोन बिक्री हुने गरेको क्लिनिक सञ्चालकले बताएका छन् । रासस