२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

यु–१९ फुटबलमा भारतद्वारा अफगानिस्तान पराजित

यु–१९ फुटबलमा भारतद्वारा अफगानिस्तान पराजित
अ अ+ अ-

काठमाडौँ, भदौ ६। पहिलो १९ वर्ष मुनि (यु–१९)को साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बी’को खेलमा भारतले अफगानिस्तानलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्को मैदानमा आज भएको खेलको १०औँ मिनेटमा नै भारतका कमलप्रीतसिंह ग्रेवालले हेडिङमार्फत सुन्दर गोलगर्दै मध्यान्तरअघि आफ्नो टोलीलाई १ गोलको अग्रता दिलाएका थिए । मध्यान्तरपछि ८७ औँ मिनेटमा अनिरुध थापाले गोल थपेपछि भारतको जीत सुनिश्चित भयो ।
यसअघि, अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरिसकेको छ भने भारतको यो पहिलो खेल थियो । समूह ‘बी’मा दुवैको तीन÷तीन अङ्क भएको छ । समूह ‘ए’ को पहिलो खेलमा नेपालले भुटानलाई ३–१ ले पराजित गरेको थियो । नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । शनिबार भएको खेलमा बङ्गलादेशले भुटानलाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
जारी प्रतियोगितामा नेपाल र बङ्गलादेशले समान ३÷३ अङ्क जोडेका छन् । आफ्नो दोस्रो खेलमा नेपालले समूह विजेता हुनका लागि हुने खेलमा सोमबार बङ्गलादेशको सामना गर्दैछ ।
दक्षिण एसियाली छ राष्ट्रले भाग लिएको यस प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र भुटान छन् । त्यसैगरी, समूह ‘बी’ मा भारत, माल्दिभ्स र अफगानिस्तान परेका छन् । रासस