१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालेश्वर प्राथमिक विद्यालय भवन पुनःनिर्माण गरिने



अ+ अ-

ललितपुर, ७ भदौ । लगातारको भूकम्पबाट प्रभावित कालेश्वर गाविसस्थित कालेश्वर प्राथमिक विद्यालय भवन पुनःनिर्माणका लागि नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखा र युएनडिपी नेपाल कर्मचारी सङ्गठनबीच समझदारी भएको छ । 

शाखाका कावा सभापति बेखामान व्यञ्जनकार र युएनडिपी कर्मचारी सङ्गठनको तर्फबाट कल्पना सरकारले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । समझदारी बमोजिम रु नौ लाखको लागतमा सो विद्यालयको छ कोठे भवनको पुनःनिर्माण गरिनेभएको छ । रासस

बाह्रवर्षे सिंह अस्त मेलामा आकस्मिक प्राथमिक उपचार सेवा 
बाह्रवर्षे गोदावरी सिंह अस्त मेलामा सहभागीलाई उपचार सेवा उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाका कार्यबाहक सभापति बेखामान व्यञ्जनकारको नेतृत्वमा आकस्मिक प्राथमिक उपचार टोली परिचालन गरिएको छ ।
मेला भर्न आउनेहरुलाई आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउन गोदावरी मेला व्यवस्थापन समिति र नेरेसो ठैव उपशाखासँग समेत समन्वय गरी जिल्ला शाखाअन्तर्गतका २३ वटै उपशाखालाई सहभागिता गराइने भएको छ ।
जिल्लाका रेडक्रस सदस्य तथा स्वयम्सेवक गरी एक हजार ५०० जना परिचालन सो मेलामा भक्तजनको सुविधाका लागि घुम्ती प्राथमिक उपचार टोलीसमेत परिचालन गरिनेभएको छ । एक महिनासम्म चल्ने सो मेलामा ५० लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ । रासस