२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश : गृहमन्त्री गौतम

दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश : गृहमन्त्री गौतम
अ अ+ अ-

काठमाडौँ, भदौ ७ । नेपाल सरकारले केही जिल्लाको शान्तिसुरक्षाको दृष्टिगत गरी दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश दिएको छ । 

आज यहाँ बसेको सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही, रौतहट लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुरुप सो आदेश दिएको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका–संसद्मा जानकारी दिनुभएको हो ।
कैलालीको टीकापुरमा आज दिउँसो घटेको घटनाका बारेमा सदनलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रदर्शनकारीले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलाई भालाले घोपेर, सशस्त्र प्रहरीका हबलदार राम विराहीलाई जिउँदै जलाएर र अन्य तीन प्रहरीलाई काटेर मारेका छन् ।”  घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही जवान हराइरहेका जानकारी दिँदै उहाँले प्रदर्शनकारी टीकापुरका स्थानीयवासीका घरमा लुकेर बसेको बताउनुभयो ।
गृहमन्त्री गौतमले आज दिउँसो ११ बजे टीकापुर क्षेत्रमा चारैतिरबाट हातमा बन्चरो, खुँडा लिएर आएकाले टीकापुरको निषेधित क्षेत्र तोड्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दी तोडेर आक्रमण गर्न थालेको गृहमन्त्रीले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले थरुहट नारा लगाएको राष्ट्रिय झन्डा भुइँतिर लगाएको उहाँले बताउनुभयो । आइतबार कैलालीमा थरुहट, अखण्ड सुदूरपश्चिम तथा दलका प्रतिनिधिका बीचमा सद्भाव कायम राख्दै उत्तेजना, जातीय सद्भाव खलबलिने कार्यक्रम नगर्ने सहमति भएको तर सहमतिको एक दिन बित्न नपाउँदै सो घटना घट्नु दुःखद हो गृहमन्त्री गौतमले भन्नुभयो ।
यसैगरी प्रदर्शनकारीले रौतहटको गौरमा प्रदर्शनी गरिरहेको र उनीहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतमाथि आक्रमण गर्न सुरु गरेको जानकारी उहाँले सदनलाई गराउनुभयो ।
यसैगरी सर्लाहीको मलङ्गवामा पनि प्रदर्शनकारीले प्रदर्शन गरिरहेको जानकारी गराउँदै उहाँले संविधान जारी गर्ने अन्तिम समयमा आएर जातीय र क्षेत्रीय सद्भाव नभड्काउन आह्वानसमेत गर्नुभयो ।
उहाँले षडयन्त्रपूर्ण खेलका रुपमा घटना घटाइएको, जातीय सद्भाव भड्काउने, साम्प्रदायिक सद्भावमा खलल पु¥याउने घटना भएकाले सार्वभौमसत्ता सम्पन्न सदनले आज नै देशवासीलाई संयमित रहन आग्रह गरेर आह्वान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । रासस