२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान लेखन प्रक्रियाबाट कोही पछि नहटौं : प्रचण्ड



अ+ अ-

काठमाडौँ, भदौ ९ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान लेखन प्रक्रियाबाट सभाबाट संविधान जारी गर्ने बेला कोही पनि पछि नहट्न आग्रह गरेका छन् ।
बुधवारबाट शुरु भएको संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा सहभागी हुँदै प्रचण्डले भने, ‘संविधान लेखनको यो महत्वपूर्ण, संवेदनशील र अन्तिम घडी हो । संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्नेका लागि खुसी र गौरवको कुरा हो ।”
“संविधानसभाको बनोटबमोजिम हालको मस्यौदा तयार हुनुलाई ठूलो उपलब्धिका रुपमा मान्न सकिए पनि समावेशी र समानुपातिक प्रतिनिधित्वसहित आदिवासी, जनजाति लगायत पछि परेका समुदायको हकअधिकार सुनिश्चित गर्ने सम्बन्धमा भने केही धर्मराएको अध्यक्ष दाहालले टिप्पणी गरेका थिए ।