३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारत यु १९ साफ फुटबलको फाइनलमा, उपाधि जिते नेपाल सरकारले जनही एक लाख दिने



अ+ अ-

काठमाडौँ, भदौ १० ।

यु १९ साफ पुरुष फुटबल प्रतियोगितामा नेपाल र भारत फाइनलमा पुगेका छन् । आज भएका दुई सेमिफाइनल खेलमा नेपालले अफगानिस्तान र भारतले बङ्गलादेशलाई पराजित गरी फाइनलमा पुगेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहीबार सम्पन्न सेमिफाइनल खेलमा अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल नेपाल

फाइनलमा पुगेको हो । नेपाली टिमबाट अञ्जन विष्टले ३४ र ३९औं मिनेटमा दुई गोल गरे । उनले नेपाललाई मध्यान्तरअघि नै २–० को अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको लगत्तै ५०औं मिनेटमा नेपालका अनन्त तामाङबाट आत्मघाती गोल भएको थियो । सुनिल बलले ५२औँ मिनेटमा थप एक गोल गरेपछि नेपालले ३–१ ले अग्रता लिएको थियो ।

अफगानिस्तानबाट मेहबिरेजायीले ७२औँ मिनेटमा दोश्रो गोल गरेका थिए ।

यसैबीच आजै भएको अर्को खेलमा भारतले टाइब्रेकरबाट बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेशको स्थान सुरक्षित गरेको हो । नेपाल र भारतबीच भने शनिबार हुनेछ ।

युवा तथा खेलकुद मन्त्रालयले उपाधी जितेमा खेलाडीलाई जनही एक लाख रुपैया दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आज पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।