९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको भेडाले बनायो विश्व कीर्तिमान



अ+ अ-

काठमाडौं, भदौ १८ । अष्ट्रेलियाको एक भेडाले नयाँ विश्व कीर्तिमान बनाएको छ । क्रिस नाम गरेको उक्त भेडाको शरीरबाट एकैपटकमा ४० किलो ऊन निकालिएको छ ।

यो विश्वमै एउटा भेडाबाट अहिलेसम्म एकैपटकमा निकालिएको सबैभन्दा धेरै ऊनको मात्रा हो । तर, यो कीर्तिमानको आधिकारिक पुष्टि भने हुन बाँकी छ ।

उक्त भेडाबाट निकालिएको ऊन अरु सामान्य अवस्थाको एक भेडाको शरीरबाट एकपटकमा निकालिएको ऊनभन्दा ४ देखि ५ गुणा बढी हो ।

उक्त भेडाको ऊन काट्नका लागि ५ जना व्यक्ति लागेको थियो ।

यसअघि, न्यूजिल्यान्डको श्रेक नाम गरेको भेडाको शरीरबाट एकैपटकमा धेरै ऊन निकालिएको तथ्य थियो । सन् २००४ मा श्रेकको शरीरबाट २७ किलो ऊन निकालिएको थियो । (एजेन्सी)