१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसका ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिए



अ+ अ-

काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनबाट ६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी एक सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ६५ क्षेत्रमा अधिवेशन सम्पन्न भई प्रतिनिधि छनोट भएका हुन् ।

कांग्रेस महाधिवेशनको निर्धारित कार्यतालिकाअनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ६ मंसिरबाट अधिवेशन भइरहेको छ । निर्वाचन समितिका सचिव केशव रिजालले एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अधिवेशन हुन बाँकी एक सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रक्रिया सुरु भएको जानकारी दिए ।

निर्वाचन समितिका अनुसार एक निर्वाचन क्षेत्र भएका १६ जिल्लामा भने यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । समितिले करिब ४० जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट भएको जनाएको छ । ‘६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको जानकारी निर्वाचन समितिलाई आएको छ,’ उनले भने, ‘बाँकीमा निर्वाचन हुने र नतिजा आउने क्रम जारी छ ।’

क्रियाशील सदस्यता विवादलगाायतका कारण सर्लाहीमा भने वडा अधिवेशनसमेत सुरु हुन सकेको छैन । ‘सर्लाहीमा पनि निर्वाचन अधिकृत खटाइसकिएको छ । नयाँ मिति तोकेर अधिवेशन अगाडि बढाइनेछ,’ सचिव रिजालले भने । कार्यतालिकाअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुनेछ ।

निर्वाचन समितिले हालसम्म कांग्रेसका १८ जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएको छ । समितिका अनुसार मंगलबारसम्म मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, रुकुमपूर्व, जाजरकोट, ताप्लेजुङ, मुगु, संखुवासभा, रामेछाप, सल्यान, दोलखा, कालीकोट, हुम्ला, बाजुरा, बझाङ, डडेल्धुरा र भोजपुर छन् । १६ र १७ मंसिरमा प्रदेश अधिवेशन र २४ देखि २६ मंसिरमा केन्द्रीय महाधिवेशन हुनेछ ।