२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

विश्व सम्पदास्थल पुग्ने डेढ किलोमिटर बाटो २ वर्षमा पनि पूरा भएन

विश्व सम्पदास्थल पुग्ने डेढ किलोमिटर बाटो २ वर्षमा पनि पूरा भएन
अ अ+ अ-

 

पूर्णप्रसाद मिश्र

काठमाडौँ, १९ भदौ । विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ र बौद्धनाथ क्षेत्रलाई जोड्ने डेढ किलोमिटर सडक जीर्ण भएको दुई वर्ष बितिसक्दा

फोटो : एजेन्सी

पनि सम्बन्धित निकायले ध्यान नदिँदा स्थानीयवासी आक्रोशित भएका छन् ।

हिन्दू र बौद्ध धर्मावलम्बीको तीर्थस्थलमात्र नभई

नेपाल आउने विश्वभरका पर्यटकको आकर्षण केन्द्र ती स्थानसम्म पुग्ने सडकको दूरवस्थाले मुलुकको छविमा आँच पुग्नुका साथै पर्यटन प्रवद्र्धनमा प्रतिकूल असर परेको स्थानीय बासिन्दाको गुनासो छ ।

गौरीघाटबाट कुमारीगाल हुँदै बौद्धनाथ प्रवेशद्वार पुग्ने यो महत्वपूर्ण सडकलाई विस्तार गर्ने सरकारी निर्णयअनुसार सडक विभागले निर्माण एवम् विस्तारको काम अघि बढाए पनि उपराष्ट्रपतिको घरका कारण अहिलेसम्म अलपत्र परेको हो ।

बाटो विस्तारको काम रोकिँदा गौरीघाट, कुमारीगाल र बौद्ध आसपासका सर्वसाधारण मात्र नभई धार्मिक पर्यटकसमेत प्रभावित भएका छन् । यो सडकलाई ११ मिटर चौडा बनाउने काम उपराष्ट्रपतिको घरका कारण अलपत्र भएको सडक उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रचरण श्रेष्ठले बताउनुहुन्छ ।

“उपराष्ट्रपति परमानन्द झाको घरले चर्चेको जग्गा विवादका कारण सडक विस्तार पूरा गर्न समय लागेको हो, उपराष्ट्रपति झाका पुत्र कृष्णचन्द्र झाले पहिले नै सडकका लागि जग्गा छोडेको भन्नुभएकामा अगाडिका छिमेकीले त्यसलाई नमानी सडकको मूलबिन्दुबाट आधा आधा सडक छोड्ने माग गरेपछि निर्माण रोकिएको हो” – समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

यो विवादका कारण विसं २०७१ माघदेखि भइरहेको सडक विस्तारको काम रोकिएको हो । विवादले ठूलो रुप लिँदै गएपछि उपराष्ट्रपति झाका पुत्र कृष्णचन्द्रले पछि पर्खाल भत्काए पनि उहाँको घर अगाडिको घरधनीले छोडेजति जग्गा सडकलाई छोड्न स्वीकार नगर्दा समस्या आएको समितिले जनाएको छ ।

उपराष्ट्रपति झाको घर अगाडिका स्थानीयवासीले भने उपराष्ट्रपतिले पदको दुरुपयोग गरी सडकका लागि जग्गा नछोडेको आरोप लगाएका छन् । आफ्नो परिचयसमेत खुलाउन नचाहेका स्थानीयवासी पीडितले सबैलाई आवश्यक पर्ने बाटो निर्माणमा सहयोग गर्न बारम्बार अनुरोध गर्दा नमानेपछि विरोध गर्नुपरेको र त्यसक्रममा आफूहरूलाई प्रहरीले थुनेको गुनासो गरे । सभासद् गगनकुमार थापाले दबाब दिएपछि मात्र आफूहरू थुनामुक्त भएको उनीहले बताए ।

उपराष्ट्रपति झाका पुत्र कृष्णचन्द्र झाले वैधानिक विधि, निकाय र प्रक्रियामा नगएको स्थानीय उपभोक्ता समितिका निर्णय मान्न नसकिने

भएकाले जग्गा नछोडिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत र अदालतलगायत वैधानिक संस्थालाई विधिसम्मत तरिकाले नाप्न लगाई समाधान गर्न हाम्रो घर अगाडिका छिमेकीलाई सुझाव दिँदा मान्नुभएको छैन । सडक विभागले निकालेको ३५ दिने म्यादभित्र पनि कसैले उजुरी दिनुभएको छैन । माथिबाट उहाँहरुले सडक च्याप्नुभएको छ । म टसका मस हुन्न, उपराष्ट्रपतिज्यूलाई यसमा जोड्न जरुरी छैन । उहाँ होइन, भाइ र म यो घरमा बस्छौँ ।”

यो सडकलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणले सीमाङ्कन गरी ११ मिटर कायम गरेको थियो । कायम गरिएको सडकको संरचना हटाउने काम काठमाडौँ महानगरपालिकाले तोकिएको समयमै सम्पन्न गरेको थियो । सडक निर्माणको काम सडक विभागलाई दिइएकामा अहिलेसम्म सम्पन्न नगरेको समितिले जनाएको छ ।

रौताहा साफ नामक कम्पनीले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । उक्त कम्पनीले २०७२ वैशाख मसान्तसम्म काम सक्नुपर्नेमा भूकम्पका कारण असार मसान्तसम्मको समयावधि तोकिएको थियो । तोकिएको अवधिमा काम नसकिएपछि सडक अलपत्र भई वर्षात्मा हिलो र घाममा धुलो उड्ने समस्याले सताएको स्थानीयवासी एवम् समितिका सदस्य सन्तोष अधिकारीको गुनासो छ ।

सदस्य अधिकारीले भन्नुभयो – “वर्षाको पानी जाने ढल हाल्न लाग्दा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले रोकेको छ । वर्षामा आउने पानीको भेल कटाउने ठाउँ अन्त छैन । यसले पनि काममा अवरोध भएकोे छ । बिजुलीका खम्बा सारिसकिएकोे छ तर सरकारी निकायका बीचमा समन्वय नहुँदा काम ढिला भएको हो ।”

उक्त सडक निर्माणको जिम्मेवारी पाएको डिभिजन सडक कार्यालय मीनभवनका प्रमुख इन्जिनियर धर्मेन्द्र झा उपराष्ट्रपति झाको घरले नभई ढलको निकास समितिले नदिएकाले निर्माणमा ढिलाइ भएको बताउनुहुन्छ । “उपराष्ट्रपतिसँग पहिल्यैदेखि मानिस रिसाएकाले दोष देखाए पनि उहाँको घरका कारण काम रोकिएको होइन, ढल व्यवस्थापन र निर्माण सामग्रीको अभावका कारण समयमै काम नसकिएको हो” – उहाँले भन्नुभयो ।

सडक निर्माणको स्थलगत काम हेरिरहनुभएका इन्जिनियर प्रदीप निरौला रु आठ करोडको लागतमा निर्माण भई विसं २०७२ असार मसान्तमा सकिनुपर्नेमा म्यादमा काम नसकिएकाले छ महिना थपेर मङ्सिरसम्म पु¥याइएको बताउनुहुन्छ ।

दुवै विश्व सम्पदास्थललाई जोड्ने वैकल्पिक गौरीघाट–कुमारीगाल–टुसाल १।२ किमी सडक पनि दुई वर्षदेखि नै निर्माण सम्पन्न हुन नसकी अलपत्र भएको छ । सडक निर्माण हेरिरहनुभएका विभागका इन्जिनियर गजेन्द्र चन्द सडक किनारका तीन घर नभत्काइएकाले काम ढिला भएको बताउनुहुन्छ ।

समितिका आयोजना प्रमुख राजेश सिंहका अनुसार गुह्येश्वरी र पशुपतिबीचको पुरातात्विकस्थल भत्काएर बाग्मतीमा ढल हाल्न खोजिएकाले निर्माण अवरुद्ध भएको हो । “ढल हाल्ने निश्चित नियम र प्रक्रिया छ, त्यो पूरा गरेर आउन भनिएकामा अहिलेसम्म त्यसो भएको छैन” – उहाँले भन्नुभयो ।

उक्त सडकको दूरवस्थाका कारण पशुपति र गुह्येश्वरी घुमेर बौद्धनाथ जाने पर्यटकलाई अप्ठ्यारो परेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । “यो मार्गको अवरोधले भारतबाट पशुपति एवम् गुह्येश्वरी घुमी बौद्धनाथ आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ” – समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले भन्नुभयो । रासस